arrow

तीनै तहको समवन्य र सहकार्य विना समृद्धिको लक्ष्य हासिल गर्न नसकिने : अर्थमन्त्री खतिवडा

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ पुष २७ आइतबार
yubraj-khatiwada-minister-finance.jpg

जनकपुर। प्रदेश नम्बर दुई का मुख्यमन्त्रीको संयोजकत्वमा स्थानीय तहका प्रमुख उपप्रमुख रहने प्रदेश समन्वय परिषदको तेस्रो बैठक महोत्तरीको बर्दिवासमा भएको छ। संघीय सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले तीनै तहको समवन्य र सहकार्य विना समृद्धिको लक्ष्य हासिल गर्न नसकिने बोल्दै त्यसका लागि समन्वय परिषदको बैठक कोशे ढुंगा सावित हुने विश्वास व्यक्त गरे।

अर्थमन्त्री खतिवडाले संघ सरकारले प्रदेश नम्बर दुई का विकास निर्माणको लागि ल्याएको योजनाहरु बारे जानकारी गराएदै सार्वजनिक खरिद ऐन जस्ता कुराहरुमा सतर्कता अपनाउन स्थानीय तहका प्रमुखहरुलाई आग्रह समेत गरे।

मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षता एवं संघीय सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाको प्रमुख आतिथ्यमा शुरु भएको दुई दिवसीय बैठकको पहिलो दिन प्रदेशको समृद्धिको आधार तैयार गर्ने गरि वृहत छलफल भएका हुन्। कार्यक्रमको अध्यक्षता गरेका मुख्यमन्त्री राउतले भने तीनै तहको समन्वय विना समृद्धि सम्भव नरहेका बताए।

भ्रष्टाचारको मुद्दामा प्रदेश नं. २ बदनाम हुँदै गएको प्रति सचेत गराउदै मुख्यमन्त्री राउतले प्रदेशको सुन्दर भविष्यको लागि प्रदेशमा सुशासन कायम गर्नु आवश्यक रहेक बताए। मुख्यमन्त्री राउतले प्रदेशमा सुशासन कायम गर्न सुशासन ऐन  प्रदेश सभाबाट पारित हुने अवस्थामा रहेको उल्लेख गर्दै आर्थिक अनियमितता गर्नेहरुले छुट नपाउने चेतावनी समेत दिए।

बैठकमा स्थानीय तहका पदाधिकारीहरुको सेवा सुविधा, बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गतको छोरी शिक्षा विमा सप्ताह संचालन, विकास निर्माणमा सहकार्य, सहजीकरण, प्रदेश सुशासन विधेयक, पालिकाहरुको कर प्रणालीमा एकरुपता, विगतका अस्थायी शिक्षकहरुको व्यवस्थापन, स्थानीय तहका कर्मचारी पदपूर्ति, प्रदेश र स्थानीय तहको क्षमता अभिवृदि, स्थानीय तहको मुद्दा पैरवी लगायतको विषयमा छलफल जारी रहेका छन्।

कार्यक्रमको उद्घाटन सत्रमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कडेलले स्थानीय तहहरु योजना विना नै विकास निर्माणको कामहरु अघि बढाई रहेको प्रति चिन्ता व्यक्त गर्दै त्यस्ता विकास निर्माणको काम बालुवामा पानि खन्याए सरह हुने तर्फ सचेत समेत गराए। कडेलले स्थानीय तहहरुलाई आवधिक र दीर्घकालिन योजना बनाउन सुझाव दिदै त्यसमा स्थानीय तहलाई प्राविधिक सहयोग गर्न योजना आयोग तैयार रहेको प्रतिबद्धता समेत  जनाए।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरेले प्रदेश नम्बर दुई मा भ्रष्टाचारका थुप्रै मुद्दाहरु दर्ता भई रहेको जनाउनु हुँदै अख्तियारमा जानु पर्ने अवस्थाको अन्त्य गर्न आग्रह समेत गरे।

उनले अहिलेको खर्चिलो निर्वाचन प्रणालीले सुशासन कायम गर्न चुनौती दिई रहेको  बोल्दै निर्वाचन प्रणालीबारे सोच्ने बेला आइ सकेको समेत बताए। प्रस्तुत प्रस्तावहरुमाथि पहिलो दिन मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा, अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास शाखाका प्रमुख, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लगायतले आ–आफनो प्रस्तुती राखेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ