arrow

मन्त्रालयले टेर्दैनन् समितिको निर्देशन

logo
रासस,
प्रकाशित २०७६ पुष २८ सोमबार
samiti2.jpg

काठमाडौं ।  संघीय संसद् राष्ट्रियसभा दिगो विकास तथा सुशासन समितिका सदस्यहरुले समितिले पटकपटक सम्बन्धित मन्त्रालयलाई निर्देशन दिए पनि कार्यान्वयन नभएको भन्दै गुनासो गरेका छन्।  

समितिको सोमबारको बैठकमा अधिकांश सांसदले भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास लगायतका मन्त्रालयलाई विभिन्न विषयमा निर्देशन दिए पनि कार्यान्वयन नगरी समितिको अपहेलना गरेको भन्दै अहिलेसम्मका निर्देशन कार्यान्वयन भए-नभएको बारे समितिले नै अनुगमन गर्नुपर्नेमा जोड दिए।

समितिका सदस्य दीनानाथ शर्माले अहिलेसम्म समितिले दिएको निर्देशन कार्यान्वयन भए-नभएको बारेमा सम्बन्धित मन्त्रालयका मन्त्री वा सचिवलाई बैठकमा आमन्त्रण गरी जवाफ माग्नुपर्ने बताए ।

सांसद विमला राई पौडेलले निर्देशन कार्यान्वयन सम्बन्धमा अनुगमन गर्दै बजार अनुगमनलाई पूर्णता दिनुपर्नेमा जोड दिइन्। सांसद कालीबहादुर मल्ल र खिमकुमार विकले बजार अनुगमनसँगै छड्के अनुगनलाई प्रभावकारी बनाउनुपर्ने बताइन्।

सांसद कमलाकुमारी ओलीले पछिल्लो समयमा यातायात क्षेत्रमा समस्या बढ्दै गएको भन्दै समस्या समाधानका लागि अनुगमनपछि मन्त्रालयलाई निर्देशन दिनुपर्ने बताइन्।

सांसद महेशकुमार महरा, भैरवसुन्दर श्रेष्ठ, मुक्ताकुमारी यादव, कविता  बोगटी लगायतले सरकारले राष्ट्रियसभाअन्तर्गतको दिगो विकास समितिको निर्देशन किन मान्दैन भन्दै प्रश्न गरे।

सभापति तारादेवी भट्टले समितिले दिएका निर्देशन कार्यान्वयन भए-नभएको बारे सम्बन्धित मन्त्रालयसँग जवाफ माग्ने बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ