arrow

आचारसंहिता विपरित लगेका परिचयपत्र रातारात वितरण

logo
प्रकाशित २०७६ पुष २८ सोमबार
chunni.jpg

नेपालगञ्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनमा समावेशी समूहबाट उम्मेदवार भएकाहरुले आचारसंहिता विपरीत एकमुष्ट लिएर गएका मतदाता परिचय–पत्र रातारात वितरण गरेका छन् ।

 समावेशी समूहबाट अध्यक्ष पदका उम्मेदवार अब्दुल वाहिद मन्सुरी चुन्ना समूहबाट सदस्य पदका उम्मेदवार चिरञ्जीवि ओली र चुन्नाको पसलमा काम गर्ने कामदार अमृतसिंह चौधरीले परिचयपत्र गायव बनाएको पुष्टि भएपछि आइतवार ललित कुमार रौनियार नेतृत्वको साझा प्रजातान्त्रि उद्योगी व्यावसायी समूहले पत्रकार सम्मेलनमार्फत त्यसको विरोध गरेको थियो ।

विरोधपछि आइतवार राती समावेशी प्यानलबाट अध्यक्ष पदका उम्मेदवार चुन्नाले आफ्नो मान्छे मार्फत परिचय–पत्र घरघरमा पुराएका छन् । कतिपय मतदाताले यसरी रातारात घरमा पुर्‍याइएका परिचय–पत्र नबुझेर फिर्ता गरिदिएका छन् । उनीहरुले नेपालगन्ज उद्योग बाणिज्य संघमा रहेको निर्वाचन सचिवालयबाट आफ्नो परिचय–पत्र आफै बुझ्ने भन्दै परिचय–पत्र लगेर गएकालाई फकाईदिएका छन् ।

 निर्वाचन आचारसंहितामा परिचय–पत्र लिन मतदाता स्वयम उपस्थित हुनु पर्ने उल्लेख छ । मतदाता उपस्थित हुन नसकेको खण्डमा श्रीमति, श्रीमान, छोराबुहारी, बाबुआमाको मन्जुरी नामा पेश गरि परिचयपत्र लिन सकिने स्पष्ट उल्लेख छ । ‘उद्योग बाणिज्य संघबाटै परिचय–पत्र लिन्छौं मेरो परिचय–पत्र लिएर घरघरमा आउने तपाईको को हो ?’ मतदाताले प्रतिप्रश्न गरेपछि उनी (चुन्नाका मान्छे) फर्किए’ एक मतदाताले भने ।  

 चुन्नाका मान्छे राती १० बजे झोलामा परिचय–पत्र लिएर आएको ति मतदाताहरुको भनाइ छ । चुन्ना समूहले लगेको परिचय–पत्र रातारात बाँडिएको भन्ने गुनासो हामीलाई आएको छ नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष सुनिल कुमार शर्माले भन्नुभयो–‘निर्वाचन आचारसंहिता विपरित भएको हर्कतको हामी कानुनी उपचार खोज्दै छौं ।’आफ्नो परिचय–पत्र लिन गएका मतदाताले परिचय–पत्र अरुले नै बुझेर लगिसकेको थाहा पाएपछि परिचय–धाँधलीको रहस्य खुलेको थियो ।

 सो कुराको गुनासो मतदाताहरुले संघका अध्यक्ष नन्दलाल बैश्यलाई सुनाएपछि उनले आचारसंहिता विपरीत भएको भन्दै संलग्नलाई कारवाही गर्ने बताउनुभएको थियो । उहाँले छलफल गरेर पुरानो परिचय–पत्र रद्द गरेर नयाँ बनाउन सकिने बताउनुभयो । समावेशी समूहले परिचय–पत्रमा धाँधली गरेपछि साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले परिचय–पत्र वितरणमा रोक लगाएको छ भने नयाँ परिचय–पत्र बनाउन माग गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ