arrow

नेकपा समानान्तरपछि युवा संघमा पुर्व वाइसीएलले बनाए केन्द्रीय समानान्तर कमिटी

logo
प्रकाशित २०७६ पुष २९ मंगलबार
samanantar.jpg

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा )समानान्तर पछि राष्ट्रिय युवा संघमा पुर्व वाइसीएलले बनाए केन्द्रीय समानान्तर कमिटी गठन गरेको छ ।   हेम बहादुर खड्काको संयोजकत्वमा ६ महानगर, ११ उपमहानगर, ७७ जिल्ला , र १६५ निर्वाचन क्षेत्र गरि २५९ केन्द्रीय सदस्य हुनेगरि ८६ जनाको केन्द्रीय सचिवालय सदस्य रहेको र १८ जनाको कार्यलय रहेको कार्य समिति निर्माण गर्ने निर्णय गरिएको छ ।

मंगलबार बाईसीएल नेपालका संयोजक हेम बहादुर खड्का (राज) ले विज्ञप्तिमा पटक पटक नेतृत्वलाई छलफलमा बसेर संगठनको समस्या हल गर्न अनुरोध गर्दा लामो समयसम्म पनि समस्याको हल नगर्ने र बहसबाट भाग्ने र वेवास्ता गर्नथाले पछि समानन्तर कमिटी बनाउन बाध्य भएको बताएका छन्।

प्रेस विज्ञप्ती
कम्युनिष्ट आन्दोलनको सहायक संगठन “गौरवशाली संगठन" वाईसीएल नेपाल पार्टीले बोकेको वैज्ञानिक समाजवादको अधिकतम लक्ष्य र जनताको जनवादको न्युनतम कार्यक्रम प्रति प्रतिबद्ध रहिसमाजमा रहेका सबैखाले विभेद, शोषण र उत्पीडनको अन्त्य गर्दै समाजवाद तर्फ उन्मुख छ ।

वाईसीएल नेपाल र युवासंघ नेपालको एकता प्रक्रियाको यो क्रममा साबिकको वाईसीएल नेपालमा रहेका जिम्मेवार नेताहरुलाई कटाएर गैर राजनैतिक पृष्ठभूमीका व्यक्तिहरु राखी एकता गर्दै गर्दा हाम्रो गंभिर ध्यान आकर्षण भएको छ।

सुसंगठित, एकताबद्ध, अनुशासित, गतिशिल, जुझारु, अग्रगामी र उच्च नैतिकवान चरित्र र आदर्श भएका ईमान र निष्ठाको राजनीति गर्ने नेताहरु पाखा लगाएर भित्र्याईएका गैर राजनैतिक पृष्ठभूमीका नवप्रवेसीहरुले युवा राजनीतिको भविष्य र नेपाली जनताको समृद्धि र विकास कता जाला? ..

तसर्थ हामी यो एकता प्रक्रियामा देखिएका विकृति र त्रुटिहरु सच्याएर लैजान तथा संगठन भित्र व्यक्तिवादी सोच र मानसिकता बोकेर अराजकता पालेर जिम्मेवारी लिई बसेको व्यक्तिहरुलाई तत्काल कारबाहीको प्रक्रिया अगाडी बढाउन समेत पार्टी नेतृत्वको ध्यान आकर्षण गराउन चाहान्छौं ।

संगठनमा देखिएको विकृति र बेथितिहरु बढेर उच्चतम विन्दुमा पुगेकाले संघर्ष समिति बनाउन बाध्य भएको कुरा अवगत गराउन चाहान्छौं । समयावधि भित्र भएका त्रुटिहरु सच्याई एकल ढंगले अगाडी नबहन पटक पटक संगठनका अध्यक्ष सँग विषयवस्तुबारे कुराकानी गर्दा वेवास्ता गरि अगाडी बढेकाले
हामी संघर्षका अरु चरणमा जान बाध्य भएका हौं ।

जब जब पार्टी संगठन भित्र गैरराजनीतिक पृष्ठभुमिका व्यक्तिहरु भित्रिन्छन् अनि भ्रष्ट र दलाल मानसिकताले राज गर्छ र संगठन व्यक्तिवादी हुन पुग्दछ, तब आर्थिक र सांगाठानिक अराजकताले अर्को विचलन सर हुन्छ र त्यसका विरुद्ध ईमान्दार नेता कार्यकर्ता र मतदाताहरुको एकताले विकृति र बेथिति अनि अराजक र भ्रष्टहरुलाई निस्तेज गर्ने दिन सुरु हुन्छ। हामीले पटक पटक नेतृत्वलाई छलफलमा बसेर संगठनको समस्या हल गर्न अनुरोध गर्दा लामो समयसम्म पनि समस्याको हल नगर्ने र बहसबाट भाग्ने र वेवास्ता गर्नथाले पछि हामीले समानन्तर कमिटी बनाउन बाध्य भएका हौं।

क. हेम बहादुर खड्काको संयोजकत्वमा ६ महानगर, ११ उपमहानगर, ७७ जिल्ला , र १६५ निर्वाचन क्षेत्र गरि २५९ केन्द्रीय सदस्य हुनेगरि ८६ जनाको केन्द्रीय सचिवालय सदस्य रहेको र १८ जनाको कार्यलय रहेको कार्य समिति निर्माण गर्ने निर्णय गरिएको छ । सम्पूर्ण संघर्षशिल क्रान्तीकारी युवाहरुलाई संगठन भित्रको सुद्धिकरणमा एकजुट हुन समेत हामीले अपिल गरेकाछौं पार्टी नेतृत्वले समयमै समस्याको हल नगरेमा हामीले राखेको धैर्यताको बाँध फुदन सक्ने र यसबाट पार्टी संगठनलाई पर्न जाने असर र क्षति बारे पार्टी स्वयंले लिनुपर्ने कुराको स्मरण सादर अनुरोध गराउन चाहान्छौं ।

अन्तमा पार्टीका तल्ला कमिटी र भातृ संगठनहरुको मनोनित वा निर्वाचित पधाधिकारीहरुको आचरण, . व्यवहार र त्यसको मूल्यांकन र अनुगमन गर्ने प्रणाली तथ्यका आधारमा लिने वा ग्रहण गर्ने कुरा हामीनेतृत्व समक्ष हार्दिकताका साथ अनुरोध गर्दछौं । यसो गरे मात्र लुकेर रहेका कुराहरु खास र
बास्तविकतामा नेतृत्वलाई थाहा हुन आउँदछ।

 

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ