arrow

मोडेल कलेजको बसले ठक्कर दिदा दुई जनाको मृत्यु, बसमा आगजनी

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ पुष २९ मंगलबार
model-school.jpg

धनुषा । धनुषामा क्याम्पस बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। जनकपुर स्थित मोडेल मल्टिपल कलेजको बसले मोटरसाइकललाई ठक्कर दिदा सन्तोस ठाकुर र अनवर राईनको मृत्यु भएको हो ।

मंगलबार  करिब ५ :३० बजे  जनकपुर ढल्केबर सडकखण्डको लक्ष्मीनिया र सपहीका  बीचमा ढल्केबरबाट जनकपुरतर्फ गइरहेक ज१क २८३ नम्बरको कलेज बसले विपरीत दिशाबाट आउँदै गरेको ज१०प ३५३५ नम्बरका  मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा लक्ष्मीनिया गाउपालिका वडा नम्बर  ७ का  २५ वर्षीय सन्तोस ठाकुर र क्षिरेश्वर नगरपालिकाका २५ वर्षीय अनवर राईन रहेको प्रहरी स्रोतले बतायो ।

आक्रोशित स्थानीयले बसमा आगजनी गरेपछि तत्कालै नेपाल प्रहरीको टोली दमकल सहित पुगेर आगो नियन्त्रणमा लिएको थियो । बस जलेर ध्वस्त भएको छ भने केही बेर चक्काजाम समेत गरिएको थियो।

मोटरसाइकल चालक र पछाडी बस्ने  दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ