arrow

नगरसभा चलिरहँदा नेकपाद्धारा ढुंगामुढा र तोडफोड, केही घाइते 

ढुंगामुढामा प्रदेश सांसद दानसिंग परियार सहभागी

logo
युद्धबहादुर मल्ल,
प्रकाशित २०७६ पुष २९ मंगलबार
Untitled-15.jpg

मुगु । मुगु जिल्लाको एक मात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकाको छैटौ नगर सभा भैरहँदा हल बाहिर ढुंगामुडा गरिएको छ ।

सोमबार कृषि कार्यालयको सभाहलमा नगरसभा चलिरहँदा हलबाहिर नेकपा समर्थक जिल्ला स्तरका नेता कार्यकर्ताहरुले ढुंगामुढा गरेका हुन् ।

नगरपालिका नगरसभा संचालन कार्यविधि २०७४ को परिच्छेद २ दफा ३ अनुसार कृषि कार्यालयको हलमा नगरपालिकाको छैटौ नगरसभा उद्घाटन भई केही प्रस्ताव र निर्णयहरु बहुमतका आधारमा पारित भएपछि हलभित्र असन्तुष्ट सदस्यहरुले होहल्ला गरेपछि हल बाहिर रहेका नेकपा सर्मथक जिल्ला स्तरका नेता कार्यकर्ताहरुले ढुंगा मुढा गरेको नगर प्रमुख हरिजंग शाहीले बताए । 

ढुंगामुढाले कृषि हलका झ्यालका सिसा र ढोका तोडफोड भएका छन् । बाहिर ढुंगामुढा र भित्र हो–हल्ला हँुदा हल भित्र असन्तुष्ट सदस्यहरु वडा नं ५ का वडा अध्यक्ष डम्बर रावल, कार्यपालिका सदस्य रत्न बढुवाल र सर्मथक सदस्यहरु सुवास बुढा, परेगराज चौलागाई, कर्ण रावललाई सामान्य चोट लागेको छ । 

ठुलो सख्यामा नेपाल प्रहरी र शसस्त्र प्रहरी परिचालन गरिएकाले ठुलो दुर्घटना भने हुन पाएन । 

नगर सभाका बहुमत सदस्यहरुले बजेट, नगर शिक्षा ऐन २०७५ संशोधन र स्वास्थ्य ऐन, नगरपालिका केन्द्रभित्र शान्ति सुरक्षाका लागि सिसि क्यामरा जडान, अल्का साँधु–चराप, नेटा–थार्प, तलितुम–लामाचौर, रंजनबालै–घट्टलेख–चराप र कोटिल्ला–सातमोड सडक नगरपालिकाको जेसिवीबाट निमार्ण गर्ने र नगरपालिकाको कार्यालय भवन निमार्णका लागी जग्गा खरिद गर्ने निर्णय पारित भएको नगरसभा सदस्य परेगराज चौलागाईले बताए । 

जनताका पक्षमा भएका निर्णयहरुको साथीहरुले यो वा त्यो नभनेर समर्थन गर्नुपर्नेमा राजनैतिक नजरबाट ग्रसित भइ स्वनिर्णय गर्न नसक्दा सामान्य होहल्ला भएको नगरसभा सदस्य कर्णबहादुर रावलले जानकारी गराए । 

यता नेकपा सर्मथक जिल्ला स्तरका नेताहरुले नगरप्रमुखले आफ्ना सदस्यहरुलाई लोभ लालचमा फसाएर सधै बहुमत जुटाउने र लामो छलफलै नगराएर आफु अनुकुलको निर्णय गर्ने गरेकाले आफुहरु बाध्य भएर विरोधमा उत्रनु परेको बताएका छन् । 

छैटौं नगरसभामा नेकपा समर्थक वडा नं २ का वडा अध्यक्ष परेगराज चौलागाई,वडा नं १२ का वडा अध्यक्ष सुवाश बुढा, कार्यपालिका सदस्य कर्ण कुलाल, हजारकला विक,पशुपती शाही, सहित १० सदस्यहरुले नगर प्रमुखले प्रस्ताव गरेका प्रस्तावहरुको सर्मथन गरेका थिए ।

नगरसभाका कुल ७२ सदस्यहरुमध्ये ३७ नेकपा र ३५ काँगे्रस समर्थक सदस्यहरु रहेका छन् । यो नगर सभामा नेकपाबाट निर्वाचित १० जना सदस्यहरुले समर्थन गरेकाले अब ४५ मेयरको सर्मथन र २७ असमर्थनमा रहेको वडा नं ४ का वडा अध्यक्ष विष्णु कुमार भामले बताए । 
यसैबीच पटक पटक पार्टीको निर्णयहरुको उल्लंघन गर्दै आफ्नो व्यक्तगत स्वार्थका लागी नगरप्रमुखले प्रस्ताव गरेका निर्णयहरुको सर्मथन गर्ने नेकपाबाट निर्वाचित जनप्रतिनिधीहरुलाई कार्वाहीका लागि पार्टीका सम्वन्धित निकायहरुमा सिफारिस गरिएको नेकपा नगर कमिटीले बताएको छ ।

ढुंगामुढामा प्रदेश सांसद दानसिंग परियार सहभागी
मुगु जिल्ला प्रदेश ‘क’ बाट कणाली प्रदेशका लागि निर्वाचित सांसद दानसिंग परियार आफनो काम, कतव्र्य र कार्यक्षेत्र भुलेर मंगलबार छायाँनाथ रारा नगरपालिकाको छैटौं नगरसभा चलिरहेको बेला नेकपा समर्थक नेता कार्यकर्ताहरुले गरेको ढुन्गा मुडा प्रहारमा आफै सहभागी भएको पाईएको छ । 

सांसद जस्ता राज्यको पद सम्हालेका व्यक्ति प्रचलित नियम,कानुन,संविधानको अधिनमा रहि आफनोे कार्यक्षेत्रमा सरिक हुन पर्नेमा हुल हुज्जत र स्थानिय सरकार संचालन ऐन २०७४ बमोजिम चलिरहेको नगरसभा अवरुद्ध गर्ने कार्यमा मानिय जस्तो व्यक्ति सहभागी हुनु लाजमर्दो दिष्य भएको नगरपालिकाले जनाएको छ । 
स्थानिय सरकारले संचालन गरेका काम कारवाहीमा जनमुखी काममा समर्थन र नियम विरित कार्यमा विरोध गर्नु पर्नेमा सत्ता पक्ष रहेका नेकपा जिल्ला स्तरका नेताहरु जितबहादुर मल्ल, रुपबहादुर बुढा, खेम बहादुर ऐडी, केबल मल्ल, खडकबहादुर शाही, बास्तोला शाही संघियतालाई नै चुनौती दिँदै स्थानिय सरकारले संविधान, स्थानिय सरकार संचालन ऐन र नगरसभा संचालन कार्यविधि अनुसार संचालन भैरहेको नगरसभालाई स्वत विवेक र स्वनिर्णय गर्न नदिएर अनाबश्यक बाहिर हस्तक्षेप गर्ने कार्यमा सहभागी भएको नगरपालिकाले बताएको छ ।

यसैबीच नगरपालिकाले सोमबार भएको घटनाको भर्सना गर्दै २ वटा छुट्टा छुटटै  पे्रस विज्ञप्ती निकालेको छ  । प्रमुख प्रशासकिय अधिकृत ललितजंग मल्लदारा हस्ताक्षरित विज्ञप्तिमा छायानाथ रारा नगरपालिकाको नगरसभा संचालन कार्यबिधि २०७४ को परिच्छेद २ दफा ३ अनुसार नगरपालिकाका नगर प्रमुखको मिति २०७६ पुस २१ को आदेशानुसार सोमबार संचालन भैरहेको छैटौं नगरसभा विथोल्न सहभागी प्रदेश सांसद र नेकपा जिल्ला स्तरका नेताहरुका कार्यप्रति घोर भर्सना गर्दै आगामी दिनमा यस्ता कार्यमा पदिय दायित्वमा रहि सहभागी नहुन र नगर्न हुन अनुरोध गरिएको छ । 

अर्को विज्ञप्तीमा गत मंसिर १५ गते नगर प्रमुखलाई लक्षित गरि नगरप्रमुखको निबासमा बम प्रहार गरिएको र त्यसको गम्भिरता पुर्वक अनुसन्धान नगरि पुन नगरसभा बाहिरी व्यक्तिहरुबाट विथोलिने कार्य हुनु र शान्ति सुरक्षाका जिम्मा पाएका निकायहरु सार्वजनिक सम्पती र नगरप्रमुख लक्षित प्रहार हुदा पनि मुख दर्शक भएर बस्नुले कतै राज्य संयन्त्र नै विपक्ष दलहरुबाट निर्वाचित जनप्रतिनिधीहरुलाई सिध्याउने कार्यमा सरिक त छैन भन्ने आशंका उब्जाएको र सार्वजनिक पद र सम्पतीको सुरक्षा गर्ने जिम्मेवारी पाएका निकायहरुले आभाश हुने गरि शान्ति सुरक्षा दिनहुन अनुरोध गरिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ