arrow

कांग्रेसद्धारा माघे संक्रान्तिको शुभकामना

logo
प्रकाशित २०७६ माघ १ बुधबार
nepali-congress-flag.jpg.jpeg

काठमाडौं । नेपाली कांग्रेसले मकर संक्रान्ति–माघे संक्रान्ति को सबै नेपालीलाई शुभकामना दिएको छ । 

नेपालका विभिन्न जातजातिहरुले विशेष पर्वका रुपमा मनाउँदै आएको यो पर्वको कांग्रेसले शुभकामना दिएको हो । 

कांग्रेस सभापति शेरबहादुर देउवाले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ –नेपाल प्राचीन कालदेखि विभिन्न जात, जातिहरुको बसोबासको संगम स्थल हो । त्यसैले यहाँ विभिन्न भाषा, विभिन्न धर्म, विभिन्न संस्कृति र चाँडपर्वहरुको आफ्नो बेग्लै विशेषता छ र एकले अर्काको यी हरेक विषयलाई आदर र सम्मान गर्ने हाम्रो आफ्नै विशिष्ट परम्परा छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ –भौगोलिक, जातीय र सांस्कृतिक विविधतामा रहेको नेपालमा मनाइने यो पर्व— आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै सामाजिक सद्भावना वढाउने काममा कोशेढुंगा सावित भएको छ । यो पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिबृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्ने शुभकामना दिन चाहन्छु ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ