arrow

रक्षामन्त्री राजनाथ सिंहसँग पौडेलको भेटवार्ता

logo
प्रकाशित २०७६ माघ १ बुधबार
poudel-sing.jpg

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र भारतका रक्षामन्त्री राजनाथ सिंहबीच भेटवार्ता भएको छ। स्वास्थ्य उपचारका लागि सोमवार भारतको नयाँ दिल्ली पुगेका पौडेलले भारतीय जनता पार्टीका पूर्वअध्यक्ष समेत रहेका सिंहसंग बुधबार नयाँ दिल्लीमा भेटवार्ता गरेका हुन् ।

भेटवार्तामा नेपाल भारतबीचको सम्बन्धका बारेमा छलफल भएको खिला कार्कीले बताए । साथै पौडेल र सिंहका बीचमा नेपालको पछिल्लो राजनीति अवस्था तथा विश्व राजनीतिका बारेमा छलफल भएको बताइएको छ। रक्तचापको जाँचका क्रममा एकै दिनमा फरकफरक रिपोर्ट देखिएपछि थप उपचारका लागि नयाँ दिल्ली गएको बताइएको छ। 

कांग्रेसको १४औँ महाविधेशनका सम्बन्धमा पार्टीको केन्द्रीय कार्यसमितिले बहुमतका आधारमा निर्णय गरेपछि नेतृत्वसँग असन्तुष्ट बनेका नेता पौडेलल सभापति शेरबहादुर देउवालाई आइतबार भेटेर नयाँदिल्ली प्रस्थान गरेका थिए। वरिष्ठ नेता पौडेल र भारतका रक्षामन्त्री सिंहबीचको भेटवार्तालाई राजनैतिक रुपमा महत्वपूर्ण मानिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ