arrow

प्रधानसेनापति थापा स्वदेश फिर्ता 

logo
प्रकाशित २०७६ माघ १ बुधबार
PR-66-4.jpg

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा स्वदेश फर्केका छन् । गत पुस २७ गतेबाट बंगलादेशको औपचारिक भ्रमण गरेका थापा माघ १ गते बुधबार स्वदेश फर्केका हुन् । 

बंगलादेश सेनाका सेना प्रमुख जनरल अजिज अहमद बीएसपी बीजीबीए पीबीजीए्एम बीजीबीएमएस पीएससी जी को औपचारिक निमन्त्रणामा गएका प्रधानसेनापति थापा चार दिने भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता भएका हुन् । 

प्रधानसेनापति थापालाई बलाधिकृत रथी शरद कुमार गिरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । 

उक्त अवसरमा नेपालस्थित बंगलादेशका राजदूत, नेपाली सेनाका रथी र नेपालस्थित बंगलादेशका सैनिक सहचारीको उपस्थिति रहेको थियो । उनलाई जंगी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

भ्रमणका दौरान उनले बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद, बंगलादेश सेनाका सेना प्रमुख, बंगलादेश सेनाका चिफ अफ एयर स्टाफ र चिफ अफ नाभेल स्टाफ लगायत बंगलादेश सेनाका उच्चपदस्थ व्यक्तित्वहरुसँग भेटवार्ता गरेका थिए । 

उनले भ्रमणको दौरान बंगलादेश सेनाको सैनिक अस्पताल, नेसनल डिफेन्स कलेज लगायत विभिन्न सैनिक संरचना तथा ऐतिहासिक स्थानहरुको समेत भ्रमण गरेका थिए । 

हाल मित्रराष्ट्र बंगलादेशमा संचालन हुने नेसनल डिफेन्स कलेज लगायतका तालिमहरुमा नेपाली सेनाका अधिकृतहरु सहभागी हुने गरेका छन् भने नेपालमा संचालन हुने युएन सम्बन्धी तालिमहरुमा बंगलादेशका सैनिक अधिकृतहरु सहभागी हुँदै आएका छन् ।  

यसैबीच बंगलादेशी सेना प्रमुख जनरल अजिज अहमद यही २४ देखि २८ गतेसम्म नेपाल भ्रमणमा आउने भएका छन् । 

यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र मित्रराष्ट्र बंगलादेश सेना बीच रहँदै आएको आपसी सौहार्द्रपूर्ण सम्बन्धको साथै द्विपक्षीय आपसी समझदारी, हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले बताएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ