arrow

उत्तरी सिमानामा सशस्त्रको पहिलो पोष्ट किमाथाङ्का नाकामा 

logo
प्रकाशित २०७६ माघ २ बिहिबार
Nepal-China.jpeg

खाँदबारी । भोटखोला गाउँपालिका–१ स्थित किमाथाङ्का नाकामा सशस्त्र  प्रहरी बलले बोर्डर आउट पोष्ट (बिओपीं) स्थापना गरेको छ ।
 
उत्तरी सिमानामा सशस्त्र प्रहरीको पहिलो पोष्ट भएको जनाइएको छ । पूर्व क्षेत्र सशस्त्र प्रहरी बल मुख्यालयका बाहिनीपति नगेन्द्रबहादुर थापा र प्रमुख जिल्ला अधिकारी जीवन दुलालले पोष्टको बुधबार संयुक्तरुपमा शुभारम्भ गरेका थिए ।

जिल्ला सदरमुकामा खाँदबारीबाट १६२ किलोमिटर दूरीमा सो पोष्ट रहेको छ । बिओपी स्थापना गर्न दुईतले घर भाडामा लिइएको छ । 

किमाथाङ्काको बिओपी नेपाल–चीन सिमानाको एक किलोमिटर दूरीमा रहेको सशस्त्र प्रहरी बलले जनाएको छ । किमाथाङ्कासँगै सशस्त्र प्रहरीको बिओपी सङ्ख्या ११२ पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ