arrow

ललितानिवास जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा विस्फोट

यस्तो दियो विप्लव समूहले विष्फोट गर्नुको कारण 

logo
प्रकाशित २०७६ माघ २ बिहिबार

काठमाडौं । बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बम विस्फोट गराएको छ । 

बुधबार बेलुकी काठमाडौंको नागार्जुन–१ नर्सरी चोकमा रहेको ढकालको घरमा बिस्फोट हुँदा क्षति पुगेको छ । घरको गेटमा पूर्ण रुपले क्षति पुगेको छ भने घरका शिशा फुटेका छन् ।

गाडीमा पनि क्षति पुगेको छ । बा ५ प ९५५९ नम्बरको कारमा क्षति पुगेको हो । 

विष्फोटका समयमा ढकालको परिवारका सदस्यहरु घरमै भए पनि सबै सुरक्षित छन् । 

प्रहरीले छानबिन भइरहेको बताएको छ । अहिलेसम्म प्रहरीले कसैलाई पक्राउ गरेको छैन । 

किन विष्फोट गर्यो विप्लव समूहले ?

विप्लव समूहले ढकालको घरमा विष्फोट गराएको जिम्मा लिँदै  ‘सेबोटेज’ गरिएको पर्चा छरेको थियो । उनलाई ललिता निवासको ११५ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको र बेच्ने प्रपञ्च गरेको आरोपमा उनीमाथि कार्वाही गरिएको पर्चामा लेखिएको छ । 

छानबिन समितिको प्रतिवेदनले पनि उनलाई ‘भू–माफिया’ किटान गरेकाले विष्फोट गर्नुपरेको उल्लेख छ । 

जनयुद्धकालमा भूमिहीन र सुकुम्वासीहरुको जग्गा आफ्नो नाममा हडप्ने प्रपञ्च गरेकाले आक्रमण गरको समेत पर्चाको बुँदामा उल्लेख छ । 

पूर्व एमाले र माओवादीको आडमा माफियागिरी र लुटपाट गरेकाले कार्वाही गर्नुपरेको पनि उल्लेख छ । 

भूमाफियालाई वर्तमान केपी शर्मा ओलीको सरकारले कार्वाही नगरेकाले जनस्तरबाट कार्वाहीको माग एवं उजुरी आएकाले कार्वाही गरिएको पनि विप्लवको पर्चामा उल्लेख छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ