arrow

मौसमले किन फेर्यो रुप ? 

logo
प्रकाशित २०७६ माघ २ बिहिबार
weather.jpg

काठमाडौं । काठमाडौं उपत्यकाको मौसममा एकाएक बदलाव आएको छ । मौसम सामान्य बन्दै जाँदा काठमाडौं उपत्यकामा चिसो बढेको छ । 

घाम लाग्न सकेको छैन । मौसम पूर्वानुमान महाशाखाले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । 

नेपालको पश्चिमी ,मध्य भूभागमा र पुर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

तराईका अधिकांश भूभागमा हुस्सु र कुहिरो लागेको छ। यो दिनभर नै रहने छ । 

तराईमा तीन हप्तादेखि घाम लाग्न सकेको छैन । केही स्थानमा मात्र कहिलेकाहीं घाम लागेको अवस्था रहेको पनि महाशाखाले जनाएको छ । 

मध्य तथा पश्चिमी भूभाग लगायत पुर्वी पहाडी भू्भागमा सामान्य बदली रही बाँकी भू्भागमा आंशिक बदली रहनेछ। 

मध्य तथा पश्चिमी  भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने देखिन्छ भने पश्चिमी तथा मध्यका उच्च पहाडीरहिमाली भेगका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

राति मध्य तथा पश्चिमका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने देखिन्छ भने पुर्वी पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

मध्य तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको छ भने पुर्वका उच्च पहाडी तथा हिमाली भेगमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

तापक्रम 
बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.२ डिग्री सेल्सियस रहेको थियो । बुधबार अधिकतम तापक्रम २१.३ डिग्री रहेको थियो । 

पश्चिमी भेगमा बुधबार वर्षा भएको थियो । नेपालगन्जमा ७ मिलिमिटर, दाङमा ४ तथा वीरेन्द्रनठगर र जुम्लामा २–२ तथा पोखरामा ०.७ मिलिमिटर वर्षा भएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ