arrow

देउवाले एमसीसीबिरुद्ध नबोलेको संसदीय दलको ठहर

logo
हाम्रा कुरा
प्रकाशित २०७६ माघ ३ शुक्रबार
deuba24.jpg

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बिरुद्ध कुनै भ्रमात्मक अभिव्यक्ति नदिइएको नेपाली कांग्रेस संसदीय दलको ठहर छ ।

शुक्रबार सिंहदरबारमा बसेको दलको बैठकले एमसीसीबिरुद्ध कतिपय सञ्चार माध्यमबाट पार्टी सभापति एवं दलका नेता शेरबहादुर देउवा र अन्य नेपाली कांग्रेसका कतिपय सांसद तथा नेताहरुबाट आएको भनिएको यस विरुद्धको अभिव्यक्ति भ्रमपूर्ण र कपोकल्पित भएको जनाएको छ ।

लामो प्रकृया पार गर्दै नेपालको हितमा कार्यान्वयनको दिशामा अगाडि बढेको अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशनलाई तत्काल संसदबाट अनुमोदन गर्न कांग्रेसले माग गरेको छ । साथै यस विषयमा  यस सम्झौतालाई यथाशीघ्र सदनबाट अनुमोदन गर्ने पक्षमा नेपाली कांग्रेस रहेको पुनः स्मरण गराएको छ ।

 संसदमा अल्पमतमा रहँदा विभिन्न वहानामा संसद अवरोध गर्ने र स्पष्ट बहुमत रहँदा आफूहरु बीचको आन्तरिक विवादलाई केन्द्रीय विषय बनाएर संसदीय परिपाटीको धज्जी उडाउने क्रियाकलापबाट नेकपाको संसदीय व्यवस्था प्रतिको प्रश्न चिन्ह खडा भएको दलको ठहर छ ।

नेकपाको गैरजिम्मेवार क्रियाकलाप प्रति कांग्रेस संसदीय दलले आपत्ति प्रकट गरेको छ  ।  तत्काल प्रतिनिधि सभाको बैठकको सञ्चालन गर्न दृढतापूर्वक माग गरेको छ । प्रतिनिधि सभाको आगामी पौष ६ गते बस्ने बैठकलाई सुचारु गर्दै सोही बैठकबाट सभामुख निर्वाचनको प्रकृया प्रारम्भ गर्न कांग्रेस संसदीय दलको माग छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ