arrow

गोविन्द वियोगी पत्रकारिता पुरस्कार लुइटेललाई, विशेष पुरस्कार गिरीलाई

logo
प्रकाशित २०७६ माघ ४ शनिबार
prakash-rewarded.jpg

नुवाकोट। यस वर्षको गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार सगरमाथा टेलिभिजनका सम्पादक प्रकाश गिरीले पाएका छन्। सम्पादक समाजले हरेक वर्ष प्रदान गर्दै आएको गोविन्द वियोगी पत्रकारिता पुरस्कार भने यस वर्ष नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइटेलले पाएका छन्।

नुवाकोटको शिवपुरी गाउँपालिकास्थित गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्रमा पूर्वप्रधानमन्त्री तथा नेकपा वरिष्ठ नेता झलनाथ खनाल र नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पुरस्कार तथा सम्मान प्रदान गरेका हुन्।

पत्रकारिता क्षेत्रमा लामो योगदान दिएका स्वर्गीय गोविन्द वियोगीको स्मरणमा सम्पादक समाजले स्थापना गरेको पुरस्कार हरेक वर्ष दुई जनालाई दिइँदै आएको छ।

‘सम्पादक समाज सम्मान”बाट वरिष्ट पत्रकार एवं कुटनीतिज्ञ हिरण्यलाल श्रेष्ठ र वरिष्ट पत्रकार माधवकुमार रिमाललाई सम्मान गरिएको छ भने सम्पादक सम्मान जयप्रसाद दाहाललाई मरणोपरान्त प्रदान गरिएको छ।

सम्मानपछि स्वर्गीय वियोगीका नाममा स्थापित पुरस्कारले पत्रकारिता क्षेत्रलाई ऊर्जा प्रदान गरेको भन्दै पूर्वप्रधानमन्त्री खनालले वियोगी पत्रकारिता अध्ययन केन्द्रलाई सक्दो सहयोग गर्ने आश्वासन दिएका छन्।

पत्रकारिता क्षेत्रमा निरन्तर दुई दशक विताएका गिरी सगरमाथा टेलिभिजनमा विगत १० वर्ष देखि कार्यरत छन्। राजनीति समाज र समसामयिक विषयमा कलम चलाउने गिरीले नागरिक अधिकारका पक्षमा आवाज उठाउने गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ