arrow

दिउँसो १ बजेको प्रतिक्षा 

कतिबेला तुम्बाहाङ्फेको राजीनामा ? 

logo
प्रकाशित २०७६ माघ ६ सोमबार
sanghiya-samsad.png

काठमाडौं । संघीय संसद् सचिवालयले सोमबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाएको छ । बैठकको उक्त घडी निकै प्रतिक्षारत रहेको छ । 

गत असोज १४ गतेदेखि सभामुखविहीन अवस्थामा गुज्रिएको प्रतिनिधिसभा बैठकको सोमबारको बैठकले सभामुख चयन प्रक्रिया अगाडि बढाउँदै छ । 

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो पार्टीभित्र उम्मेदवार खोज्न समय लगाएपछि पुस ४ गतेपछि पहिलो पटक बैठक बस्दैछ । 

यसअघि पटक–पटक प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित गरिएको थियो । एक महिना लामो आन्तरिक रस्साकस्सीपछि बल्ल नेकपाले सभामुखका उम्मेदवार फेला पारेको छ । 

अग्निप्रसाद सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय आइतबार साँझ गरेपछि प्रतिनिधिसभाको बैठक सोमबार बस्न लागेको हो ।

संसद सचिवालयका अनुसार, सभामुखको निर्वाचन प्रक्रिया अघि बढाउने सम्भावित कार्यसूची सोमबारका लागि तय भएको छ ।

स्पष्ट बहुमत रहेकाले नेकपाकै उम्मेदवार सापकोटा सभामुखमा विजयी हुने पक्का छ ।.तर उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा नदिएसम्म सापकोटाले उम्मेदवारी दिन पाउने छैनन् । 

संविधानमा उल्लेख भए अनुसार सभामुख र उपसभामुख एकै पार्टीको हुन पाइँदैन । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बनेको हो ।

हुनत पार्टी पहिले नै एकता भएर चुनावमा होमिएका थिए । तर सभामुख र उपसभामुख खानका लागि एकता नभएको बताएर सभामुख र उपसभामुख चयन गरी पार्टी एकताको औपचारिकता पूरा गरेका थिए । 

जेहोस् त्यतिबेला सभामुख र उपसभामुख एउटै पार्टीका दुई जनाले खाए पनि अब भने त्यो सम्भव छैन । किनकि एमाले र माओवादी नै विलीन भइसकेका छन् । नेकपामा मिलीन भएका छन् । 

कतिबेला तुम्बाहाङ्फेको राजीनामा ? 
तुम्बाहाङ्फेले मिडियाबाजी खुवै गरिन् । उनले राजीनामा नदिने बताइन् । आफू नै सभामुख बन्नुपर्ने सुनाइन् । तर ओली र प्रचण्डले पत्याएनन् । 

उनलाई राजीनामा गर्न नेकपा सचिवालयले भने पनि उनले मानिनन् । तुम्बाहाङ्फे अडिक रहिन् । उनले आफूले न बिराउनु न डराउनु किन राजीनामा दिनु भनिन् । 

घुर्की यहाँसम्मको थियो कि –एउटाले अपराध गर्ने सजाय मैले पाउने ?

तर उनलाई पार्टीले सभामुख बनाएन । उनले राजीनामा दिनुपर्नेछ । उनले राजीनामा दिने बताएकी छिन् । 

संसद सुरु हुनुभन्दा अगाडि उनले राजीनामा बुझाउने बताएकी छिन् । प्रक्रिया पूरा गरी संसद चल्ने वातावरण बनाएर राजीनामा दिने बताएकी हुन् ।  

उनले उपसभामुखबाट राजीनामाको घोषणा गरेमा मात्र संसद् सचिवालयले एकै साथ उपसभामुख पदको पनि निर्वाचन प्रक्रिया थाल्नेछ । 

उपसभामुखमा विपक्षी दलको कुनै सांसद हुनुपर्नेछ । 

तुम्बाहाङ्फेले प्रक्रिया संसद चल्ने प्रक्रिया पुर्याएर ज्येष्ठ सांसद राजपाका महन्थ ठाकुरलाई राजीनामा पत्र बुझाउने छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ