arrow

सात बर्षअघि बृद्धालाई करणी गरि पटुकाको पैसा चोरीको आरोप, २८ बर्षीय युवा पक्राउ

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७६ माघ ६ सोमबार
pakrau-new.jpeg

पाँचथर । प्रहरीले ७२ बर्षीया बृद्धालाई बलात्कार गरेको आरोपमा एक युवालाई पक्राउ गरेको छ । बृद्धा बलात्कार आरोपमा हिलिहाङ–७, सुभाङका २८ बर्षीय मनकुमार योञ्जन पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका पाँचथरका अनुसार योञ्जनमाथि सात बर्ष अघि श्रीमानको मृत्युपछि घरमा एक्लै बस्दै आएकी बृद्धलाई माघ ३ गते राती साँढे आठ बजे बलात्कार गरी नगद चोरी गरेको अभियोग लागेको छ ।

योञ्जनले राति बृद्धको घरभित्र प्रवेश गरी पटुकामा बेरेर राखेको १४ हजार ३४० रुपैंयाँ नगद, पुराना डलर पैसा राखेको थैली समेत चोरी गरी बलात्कार गरेको बृद्धाले आरोप लगाएकी छिन् । बृद्धाको जाहेरीको आधारमा योञ्जनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीमाथि जबरजस्ती करणी र डाका चोरी अन्तर्गत मुद्धा दर्ता गरी अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रोमनराज अर्यालले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ