arrow

गच्छदारकी कान्छी काकीको निधन, देउवाद्वारा दु:ख व्यक्त

logo
प्रकाशित २०७६ माघ ६ सोमबार
gachhadar1.jpg

काठमाडौं ।  नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारकी कान्छी काकीको निधन भएको छ ।  कांग्रेस संसदीय दलका उपनेता एवं पूर्व उपप्रधानमन्त्री   गच्छदारकी कान्छी काकी कुश्मीदेवी थरुनीको आइतबार निधन भएको हो ।

थरुनीका छोरा नारायण गच्छदार दुहवी नगरपालिकाका प्रमुख रहेका छन् । ८२ वर्षीयाको उमेरमा उनको  दुवही नगरपालिका स्थित आफ्नै निवासमा निधन भएको नगरपालिकाका प्रमुख गच्छदारले बताए  ।

नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेकी कुश्मीदेवी थरुनीको निधनप्रति  नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गरेको छ ।

सोमबार कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिउको छ 'स्वर्गीय थरुनीले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा निर्वाह गर्नु भएको सक्रिय भूमिकाको स्मरण गर्दै नेपाली कांग्रेस उनको आत्माको चीर शान्तिको कामना गर्दछ । साथै, नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार, दुहवी नगरपालिकाका प्रमुख वेदनारायण गच्छादार लगायत सबै शोक सन्तप्त परिवारजनप्रति नेपाली कांग्रेस हार्दिक समवेदना प्रकट गर्दछ ।'

साथै  थरुनीको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् । साथै, उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनको आत्माको चीर शान्तिको कामनाका साथ सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ