arrow

खेतको आलीमा भेटियो तीन वर्षअघि चोरिएको मूर्ति

logo
प्रकाशित २०७६ माघ ६ सोमबार
dutatraya.jpg

सिञ्जा । प्रसिद्ध धार्मिक मन्दिर चन्दननाथको मुख्य मूर्ति तीन वर्षपछि फेला परेको छ । मन्दिरबाट चोरिएको करिब १८ किलो चाँदीको दत्तात्रयको मुख्य मूर्ति खेतको आलीमा भेटिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

विसं २०७३ मङ्सिर ११ गते राति मन्दिरबाट मूख्य मूर्तिसहित दर्जनौँ बहुमूल्य मूर्ति चोरिएका थिए । आज बिहान चन्दननाथ नगरपालिकाको दानसाँघु भन्ने ठाउँमा खेतको आलीमा बेवारिसे अवस्थामा फेला परेको हो । स्थानीय लोकेन्द्र हमालले खेतको आलीमा मूर्ति देखेपछि मन्दिर र प्रहरीलाई खबर गर्नुभएको थियो ।

मूर्ति भेटिएपछि प्रहरी घटनास्थल पुगेको छ । मुचुल्का उठाइसकेपछि मन्दिरमा पुनःस्थापनाका लागि तयारी गरिने चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिका उपाध्यक्ष दयादत्त खत्रीले जानकारी दिए । मूर्ति चोरी हुँदा त्यसबेला जुम्लामा आन्दोलन चर्किएको थियो ।
 
अनुसन्धानका लागि केन्द्रीय प्रहरी जाँच ब्यूरो (सिआइबी) को छानबिन टोली गठन गरे पनि मूर्ति कसले चोरेको हो भन्ने हालसम्म पत्ता लाग्न सकेको छैन ।

 मूर्ति चोरी भएको केही समयपछि अन्य मूर्तिहरु गुठीचौर गाउँपालिकाको देपालगाउँमा फेला परेका थिए । मुख्य मूर्ति भने भेटिएको थिएन । भेटिएको मूर्ति स्थानीयवासीले आजै बाजागाजासहित मन्दिरमा ल्याउने तयारी गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ