arrow

स्याङ्जामा लाटोकोसेरो महोत्सव

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७६ माघ ६ सोमबार
Owel-1024x576.jpeg

स्याङ्जा । पर्यावरण संरक्षणक लाटोकोसेरोलाई जोगाउन स्याङ्जामा लाटोकोसेरो महोत्सव हुने भएको छ । मानिसका नजिकका मित्र मानिएको लाटोकोसेरोको चोरी सिकारी एवं अवैध ब्यापार न्यूनिकरण गर्ने उदेश्यले स्याङजामा यही माघको २४ र २५ गते लाटोकोसेरो तथा हुचील महोत्सव गर्न लागिएको हो ।

 स्याङजाको पुतलीबजार नगरपालिका २ र विरुवा गाउँपालिका ३ को सिमास्थल राङभाङमा महोत्सव गर्ने तयारीमा सुरु भैसकेको पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी दिएको छ । राङभाङ क्लब, मिलेनियम ट्रेक व्यवस्थापन समिति र प्रकृतिका साथीहरु नामक संस्थाको संयुक्त आयोजनामा यहाँ नवौं उत्सव हुने भएको क्लवका अध्यक्ष बालकुमार गुरुङले जानकारी दिए । स्थानीय संस्कृति, खेलकुद, पर्यावरण संरक्षण र मनोरञ्जन सहितको उत्सव हुने आयोजकले जनाएका छन । हुचिल लाटोकोसेरो प्रजाति मध्येको एक पंक्षी हो ।

विश्वमा पाइने लाटोकोसेरोको प्रजातीमध्ये करिब १० प्रतिशत नेपालमा बासस्थान छ । २ सय २५ प्रजातिका लाटोकोसेरोमध्ये २३ प्रजातिको लाटोकोसेरो नेपालमा पाइन्छन । त्यसमा पनि ८ प्रजातिका लाटोकोसेरोहरु चोरी शिकारी र अवैध कारोवारका कारण राष्ट्रियस्तरमै दुर्लभ छन ।

 लाटोकोसेरोको एउटा प्रजाति १९ औं शताब्दिपछि देखिन छाडेका प्रकृतिका साथीहरुका कार्यकारी निर्देशक राजु आचार्यको भनाई छ । सन् २००६ देखि अमेरिकाको हस्टन, मिनिसोबाट लाटोकोसेरोको उत्सव मनाउन थालिएको भए पनि नेपालमा भने सन् २०१२ देखि प्रत्येक वर्ष फरक फरक जिल्लामा मनाइदै आएको आचार्यले जानकारी दिए ।  हालसम्म ‘धादिङ, चितवन, नवलपरासी, गोर्खा, कास्की, कपिलवस्तु, दोलखा र खोटाङे’ गरी ८ जिल्लाका बिभिन्न स्थानमा लाटोकेसेरो उत्सब सम्पन्न भएका छन । स्याङ्जामा भने यो महोत्सव पहिलो भएको बताइएको छ ।

महोत्सवमा झण्डै १५ लाख खर्च हुने र १० हजार ब्यक्तिले प्रत्यक्ष साक्षात्कार हुनेछन । बिभिन्न १० वटा स्टल रहने र बिभिन्न बिज्ञ समूह समेत सहभागी हुने भएका छन । लाटोकोसेरो संरक्षण शिविर, अन्य चराको अवलोकन, बिद्यालय स्तरीय लाटोकेसेरो सम्बन्धी कविता, कथा, निवन्ध, चित्रकला प्रतियोगिता, डकुमेन्ट्र प्रदर्शन, १० जना संरक्षणविद तथा राजनैतिज्ञवाट प्रवचन, हराउन थालेका स्थानीय सांस्कृतिक एवं खेलकुद कार्यक्रम, लाटोकोसेरो संरक्षणमा चासो जगाउन र अवैध ब्यापारका बारेमा सचेतना कार्यक्रम एवं अस्थायी संग्राहलयको स्थापना, लाटोकोसेरो सम्बन्धि रोवर्ट प्रर्दशनी, उनीहरुका आवाज एवं गीत, अध्ययन अनुसन्धान समाग्री तथा लाटोकोसेरोको गुँडको प्रदर्शन गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको    हो । यसको संरक्षणमा उल्लेखनीय भुमिका खेल्ने केही व्याक्तिहरुलाई सम्मान गरिने आयोजकले जनाएको छ ।

पिछडीएको चरा र राज्यको लगानी सून्य रहेको लाटोकोसेरोका बिभिन्न ५ प्रजाती राङभाङमा भएका कारण सोही स्थलमा उत्सव गरिने भएको हो । उत्सव संचालनका लागि, पर्यटन वोर्ड, पुतलीबजार नगरपालिका र विरुवा गाउपालिकाका, डिभिजन बन कार्यालय, स्थानीय क्लव, आमा समूह लगायतको सहयोग रहेको छ ।

पत्रकार सम्मेलनमा बिरुवा गाउपालिकाका अध्यक्ष चुनप्रसाद शर्मा, पुतलीबजार नगरउपप्रमुख महेश पुरी, पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा, पर्यटन समिति गण्डकी प्रदेश सदस्य अनन्तकुमार श्रेष्ठ, मिलेनियम ट्रेकका अध्यक्ष नविन गुरुङ लगायतले उत्सवलाई भब्यताका साथ सम्पन्न गर्न सहयोग गर्ने प्रतिवद्धता जनाए ।

 यस्ता उत्सव तथा महोत्सव अमेरिका, इटाली, नेपाल र गतबर्षदेखि भारतमा मात्र हुने गरेको बताइएको छ । पत्रकार महासंघका अध्यक्ष ओकप्रकाश शर्माको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक राजु आचार्यले स्वागत एवं कार्यपत्र र राङभाङ क्लवका अध्यक्ष बालकुमार गुरुङले संचालन गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ