arrow

वलदेवको निधनले देउवा दु:खी

logo
प्रकाशित २०७६ माघ ६ सोमबार
sher-bahadur-deuba.jpg.jpeg

काठमाडौं ।  नेपाली कांग्रेस प्रदेश नं. ५ संसदीय दलका नेता ८२ वर्षीय वलदेव शर्मा पोखरेलको सोमबार दिउँसो २ बजे रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १४, खैरियास्थित आफ्नै निवासमा निधन भयो । पोखरेल विगत एक वर्षदेखि क्यान्सर रोगबाट पीडित थिए । वि.सं. १९९४ माघ १९ गते प्यूठान जिल्लाको तुसारा गाविस (हाल झिमरुक गाउँपालिका) मा उनको जन्म भएको थियो ।

वि.सं. २०१३ सालमा नेपाल छात्र संघबाट जयन्तु संस्कृतम नारा सहित राजनीति प्रारम्भ गरेका स्वर्गीय पोखरेल पूर्व महाधिवेशन प्रतिनिधि, पूर्व महासमिति सदस्य तथा वि.सं. २०२६ देखि २०३७ सम्म नेपाली कांग्रेस जिल्ला कार्यसमिति रुपन्देहीको सचिव समेत रहेका थिए ।

नेपालमा प्रजातन्त्र स्थापनाका क्रममा उनले जेल जीवन समेत व्यतित गरेका थिए । वि.सं. २०७४ सालको आम निर्वाचनमा स्वर्गीय पोखरेल प्रदेश नं. ५ मा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत नेपाली कांग्रेसको तर्फबाट सांसद पदमा निर्वाचित भएका थिए । पोखरेलले ज्येष्ठ सदस्यका हैसियतले प्रदेश नं. ५ को सभामुखको जिम्मेवारी समेत सम्हालेका थिए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वलदेव शर्मा पोखरेलको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्  । उनले भनेका छन्  “नेपाली कांग्रेस प्रदेश नं. ५ संसदीय दलका नेता वलदेव शर्मा पोखरेलको निधनको खबरले मलाई स्तब्ध र दुःखीत बनाएको छ । स्वर्गीय पोखरेलले नेपाली कांग्रेसको संगठन विस्तार र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । उहाँको निधनबाट पार्टीले एक कुशल नेतृत्व एवं संगठनकर्तालाई गुमाएको छ । उहाँको निधनप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट गहिरो दुःख व्यक्त गर्दछु । साथै, उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ