arrow

दोषी ठहर भएका राजपा उम्मेदवार सिंहको उम्मेदवारी खारेज गर्न माग

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ माघ ६ सोमबार
rajapa2.jpg

जनकपुर । नेपाली कांग्रेसका उम्मेदवार भोला पजियारले राजपा उम्मेदवार शेखरप्रसाद सिंहको उम्मेदवारी खारेज गर्न माग गरेका छन् । प्रदेश २ मा माघ ९ हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि  सोमबार नेपाली कांग्रेसका तर्फबाट अल्पसंख्यक कोटाका उम्मेदवार पजियारले सिंहको उम्मेदवारी खारेजी माग गरेका हुन् ।

सिरहा जिल्ला अदालतबाट सिंह कुटपिट मुद्दामा दुई वर्ष कैद र जरिवाना सुनाइएका व्यक्ति भएकाले राष्ट्रिय सभा सदस्यको उम्मेदवार हुन अयोग्य देखिएका पजियारले दावी गरेका छन् ।

राष्ट्रियसभामा राजपाको तर्फबाट अल्पसंख्यक उम्मेदवार रहेका शेखर प्रसाद सिंहको उम्मेदवारी खारेजीको माग गर्दै नेपाली कांग्रेसले उजुरी दर्ता गराएका छन्। राष्ट्रिय सभा सदस्य निर्वाचन अधिकृतको कार्यालयमा कांग्रेसले उजुरी दिएको हो ।

सर्वोच्च अदालतले पनि शेखरप्रसाद सिंहको हकमा २०५६–०९–०१ गते सप्तरी जिल्ला अदालतले तोकेको दुई वर्ष कैद सजायको फैसलालाई नै सदर गरेको थियो ।

अदालतबाट फौजदारी कसुरमा दोषी ठहर भइसकेका व्यक्ति भएकाले तत्काल उनको उम्मेदवारी मनोनयन खारेजीको माग  गरेका हुन् । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ को दफा १३ बमोजिम उजुरी निवेदन दिएको पजियारले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ