arrow

प्रेस युनियनको बैठकले महाधिवेशनको मिति र स्थान तोक्दै 

logo
प्रकाशित २०७६ माघ ७ मंगलबार
Press-Union.jpg.jpeg.jpeg

चितवन । नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको केन्द्रीय समितिको बैठक चितवनमा सुरु भएको छ । 

मंगलबार बिहान सुरु भएको बैठकले युनियनको नवौं महाधिवेशनको मिति र स्थान तोक्ने केन्द्रीय महासचिव अजयबाबु शिवाकोटीले जानकारी दिएका छन् । 

यसअघि मङ्सिरमा महाधिवेशन हुने भनिए पनि प्राविधिक कारण जनाउँदै महाधिवेशन टारिएको थियो । 

यसपटक भने जसरी पनि महाधिवेशन गर्ने गरी महासमिति अगाडि बढेको हो । 

बैठकमा प्रैस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि पत्रकारसँग सम्बद्ध विभिन्न सङ्घसंस्थासँग सहकार्य गरेर अघि बढ्ने विषयमा पनि बैठकमा छलफल गरिने बताइएको छ । 

बैठकले प्रेस काउन्सिल विधेयकका सम्बन्धमा संगठन अझ सशक्त भएर सरकारी योजनाको भण्डाफोर रणनीतिसमेत बनाउने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ