arrow

इन्द्र लोहनीकी आमाको नजरमा ऋषि, रवि र बिजयकुमार

'सबै नेतालाई आछु आछु पार्थियो, आज हामीलाई कसैले चिन्दैनन'

logo
तेजन खड्का,
प्रकाशित २०७६ माघ ७ मंगलबार
indra-lohoni-mother1.jpg

उर्लाबारी । झण्डै ११ बर्षअघि हृदयाघातका कारण निधन भएका इन्द्र लोहनीलाई टिभी टक शोका लोकप्रिय प्रस्तोता र सर्वोच्चका अधिवक्ताका रुपमा त्यसताका धेरैले चिनेका थिए । तर पछिल्लो पुस्ताका लागि उनको नाम गुमनाम प्रायः छ । तर उनलाई जान्नेहरु टेलिभिजन टक सो मा यतिको आटि र खरो बहस गर्ने आजसम्म नभेटिएको स्विकार गर्छन् । यतिमात्र हैन, उनले सोधेको प्रश्न आफैतिर फर्कियो भने पनि दमदार उत्तर दिन सक्थे ।  कडा प्रश्न सोधेर नेताहरु नै आछु आछु पार्ने लोहनी यो संसारमा छैनन् , तर उनी बिनाको टक सो नयाँ पुस्ताका लागि ट्यार ट्यारे हुन सक्छ ।

चर्चित पत्रकार लोहनीको आमा हरिमाया लोहनीले छोरा मिडियामा बोल्दा मात्र त्यो समयले आफुहरुलाई चिन्ने गरेको बताउछिन् । घरभरी नेताहरुको भिड हुन्थे, जागिर लगाईदिनु परो सरुवा बढुवा गर्नु पर्यो भनेर कोशेलीको  लाम लाग्थे, आमाले सम्झिईन्, छोरोले कहिल्यै प्रभोलनमा परेन्, कसैले औला उठाउन सक्ने ठाम राखेन् ।

आमा हरिमाया आज छोरो यो संसारमा नभएपनि उनले लिएको अन्तरवार्ता झलझली सम्झिन्छिन् । ठुलो छोरा मरेपछि आफैलाई कसैले नचिनेको  गुनासो गर्छिन् । अहिले नचिने जस्तो गर्छन्, नजाने जस्तो गर्छन्, उ जतिको आटी र ट्यालेन्ट कोही देख्या छैन्, उनले भावुक हुँदै भनिन्, मेरो छोरो भनेर मात्र राम्रो भनेको हैन्, कि मलाई आफ्नै छोरो भएर राम्रो लागेको हो । त्यो मुल्याङ्कन गर्ने जिम्मा हजुरहरुको हो ।

त्यसतता पुष्पकलम दहाल 'प्रचण्ड',बाबुराम भट्टराई, केपी शर्मा ओलीको अन्तरवार्ताहरुले निक्कै ख्याती कमाएको थियो । कार्यक्रम हेर्ने सबैले पत्रकार भनेको यस्तो हुनुपर्छ भन्थे, न उ पक्ष न उ बिपक्ष सबै निष्पक्ष, थियो, त्यहि भएर जनताको पत्रकार बन्यो । आफ्नो भिजन सो गर्यो देश र जनताको हितमा, यति सुनाउँदा आमाका आँखा रसाईरसकेका थिए, टिलपिल ।

कडा  प्रश्न सोध्दा छोरालाई मार्छन जस्तो लाग्दैनन थियो भन्ने प्रश्नमा उनी भन्छिन्, मलाई डर लाग्दैन् थियो, तर उस्लाई म तलाई डर लाग्दैन भनेर सोध्थे, उस्ले तपाईको आर्शिवाद भइन्जेल केहि हुँदैन भन्थियो । ’

ऋषि धमला बढि हल्ला गर्ने, बिजय कुमारको नि रसिलो लाग्दैन
टिभीमा देखिएका चर्चित पत्रकार भनेर भन्ने हो भने, ऋषि धमाला, बिजयकुमार, भुषण दहाल,रबि लामिछानेको लगायतको नाम आउला । कोही चलेका पनि कता पलायन भइसके । ऋषि धमाला आटी भए नि ‘दम’ नभएको आमाको भनाई छ । प्रश्न त जस्ले पनि सोध्न सक्छ नि, आमा भन्छिन् त्यो प्रश्नको उत्तर आफैंतिर र्फिर्कयो भने नि ? आमाले प्रतिप्रश्न गरिन् ।

भुषण दाहाल, रबि लामिछानेको प्रस्तुति ठिकै र बिजयकुमारको पनि टक शो खासै रसिलो नलाग्ने गरेको उनले बताईन् । यो मेरा कुरा हुन्, तर उनीहरुलाई नराम्रो भन्न खोज्या हैन् ।

जडिबुटी लगाएर गाउँकै सेवा गर्ने सोच
पत्रकार लोहनीको अन्तिम इच्छा पत्रकारितासँगै जडीबुटी लगाइएर देशकै सेवा गर्ने थियो । लोहनी भन्थे, औषधीको नाममा विदेश पैसा धेरै गयो, त्यो रोक्नुपर्छ आमा । घरमा आएर छोरा खेतमा जाने, बिरुवा लगाउन

देशले चिनको छोरोलाई आफ्नै गाउँवाशीले समेत बिर्षीएको बताईन् । ‘छोरा मिडियामा हुँदा यस्तो उस्तो भनेर तारिफ गर्थे, अहिले कसैले चिन्दैनन्, संसार त यस्तै रहेछ ।

सबैको अन्तरवार्ता ‘ठिकै मात्र’ लाग्ने गरेको बताईन् । मुल्याङ्कन आफैं गर्नुहोस, मेरो छोरो त गज्जबै लाग्छ नि, ।
 
अनुहार फेरिएर बहषहरु टिलिभिजनमा कोही आए पनि त्यो नाम र त्यो ब्रान्ड अनि त्यो फ्लेभर अब कहिले पनि आउन सकेको छैन भन्दा फरक पर्दैन्, पत्रकार हरि कोईरालाको भनाई छ ।  किनभने उनीसँगै बिलाइसकेको छ बहसको त्यो फरकपना पनि ।

भिडियो



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ