arrow

तराईका गाँउमा निधि, लोकतन्त्रको दियो निभाउन खोजेको आरोप

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ माघ ७ मंगलबार
nidhi1.JPG

जनकपुरधाम ।  नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सिरहाको सुखीपुरमा  मंगलबार कार्यकर्ता भेलालाई सम्बोधन गरेका छन् । उपसभापति निधिले भेलालाई सम्बोधन गर्दै वर्तमान सरकार  देशमा तानाशाही लाद्नतर्फ उद्यत रहेको बताए ।

सुखीपुर वडा नम्बर ५ लडकन्हा हनुमाननगरमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै निधिले भने, “सरकार लोकतन्त्र मास्नेगरी विधेयकहरु ल्याउँदै छ, लोकतन्त्रको दियो निभाउन खोज्दैछ। लोकतन्त्र जोगाउन सम्पूर्ण नेपाली जनता एकजुट हुने बेला आएको छ ।'

कम्युनिष्ट नेतृत्वको सरकारले विभिन्न कानुनहरु बनाएर नागरिक हक र स्वतन्त्रतामा बन्देज लगाउने तयारी गरिरहेको भन्दै निधिले लोकतन्त्रको रक्षाका लागि सबै नेपाली सचेत हुन आग्रह गरे।

संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताको अधिकार कुण्ठित पार्नेगरी सरकारले मिडिया काउन्सिल विधेयक र सूचना प्रविधि विधेयक ल्याएको भन्दै  उपसभापति निधिले लोकतन्त्रविरोधी क्रियाकलाप कुनै हालतमा मान्य नहुने बताए ।

निधिले पार्टी महाधिवेशनको तयारीक भइरहेको बताए । उनले पार्टीभित्र देखिएको मतभेद चाँडै अन्त्य हुने बताए । मुलुकको नयाँ संरचनाअनुसार पार्टीको संरचनामा समेत परिवर्तन गर्नुपर्ने भएकोले महाधिवेशन ढिलो भएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ