arrow

दिलीपलाई पर्यावरण शहीद घोषणा गर्न पूर्व राष्ट्रपति यादवको माग  

दिलीपको अवैध खोला उत्खननको विरोध गर्दा निमर्मतापूर्वक हत्या भएको थियो

logo
निरंजन कुमार साह, 
प्रकाशित २०७६ माघ ७ मंगलबार
Untitled-16.jpg

धनुषा । धनुषाको मिथिला नगरपालिका वडा नं ५ श्रीपुरका पर्यावरण अभियन्ता ओमप्रकाश महतो (दिलीप) लाई हत्या गरिएको १३औं दिनको पुण्यतिथिमा वृक्षारोपण कार्यक्रम गरेको  छ । 

पूर्वराष्ट्रपति डा रामवरण यादवले पर्यावरण संरक्षणका लागि दिलीप महतोको अभियानलाई  चुरे फँडानी तथा अवैध दोहनविरुद्ध सचेत युवा र तिनै तहका सरकारलाई आफ्नो दायित्व पूरा गर्न आग्रह गरे।

अवैध खोला उत्खननको विरोध गर्दा निमर्मतापूर्वक हत्या गरिएका दिलीपको १३औँ दिनको पुण्यतिथिको अवसरमा आयोजित श्रद्धाञ्जली सभा एवं वृक्षारोपण कार्यक्रममा प्रमुख अतिथि रहेका पूर्व राष्ट्रपति यादवले चुरे फँडानी तथा अवैध खोला दोहन विरुद्ध सचेत युवा र तिनै तहका सरकारलाई आफ्नो दायित्व पूरा गर्न आग्रह गरेका हुन् । 

उनले दिलीपलाई पर्यावरण शहीद घोषणा गर्न सकारसँग माग समेत गरे । 

‘चुरे र अवैध दोहनतर्फ सरकारको ध्यान गएन भने नेपालमा पनि अतिवृष्टि, अनावृष्टि, सुख्खा जस्तो प्रकोप आउन धेरै दिन लाग्दैन’, पूर्व राष्ट्रपति यादवको तर्क थियो ।

सरकारले पटक पटक विकासको नाममा जङ्‌गल मासेर राजमार्ग विस्तार गर्न लागेको उनले बताए । ‘सरकारले सुखी नेपाली, समृद्ध नेपालको नारा दिएको हो । तर, वन मासेर पानी तल जाँदैछ। पानी अभावले खेतीपाती कम भएका छन् ।’ यादवले भने । 

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादवले पनि दिलीपलाई पर्यावरण शहीद घोषणा गर्न माग गरेका हुन् ।

यादवले दिलीपको हत्याले समाजलाई ठूलो क्षति भएको बोल्दै सरकारले दोषीलाई तुरन्त पहिचान गरी कारबाही पक्रिया अघि बढाउनुपर्ने बताए ।

यस्तै सोहि कार्यक्रमलाई सम्बोधन गर्दै पर्यावरण अभियन्ता एवं प्रदेशसभा सदस्य रामअशिष यादवले दिलीपको हत्या मात्र नभई एक साहसी, निडर पर्यावरण अभियन्ताको समेत हत्या गरिएको भन्दै पहिलो पर्यावरण शहीद घोषणा गर्न सरकारसँग माग गरे।
 
 उनले दिलीपको अभियानलाई जिवित राख्न र पर्यावरण रक्षाको लागि आफुहरुको साथ सदैव रहिरहने समेत बताए ।
 
मृतक दिलीपका पिता रामजिवन महतो ‘कृष्णे’ को अध्यक्षता तथा पूर्व राष्ट्रपति डा रामवरण यादवको प्रमुख आतिथ्यमा औरहीथानमा भएको दिलीपको श्रद्धाञ्जलीसभा तथा वृक्षारोपण कार्यक्रममा जिल्ला समन्वय समिति धनुषाका प्रमुख रामदेव बनरैत यादव, उप प्रमुख दिपक झा, मिथिला नगरपालिकाकी उप प्रमुख ताराकुमारी बस्नेत लामा लगायत सयौंको सहभागिता रहेको थियो ।

 कार्यक्रममा श्रद्धाञ्जलीको लागि मञ्चको अगाडी राखिएको स्व दिलीपको तस्वीरमा फुलमाला र अविर सहित सहभागिहरुले श्रद्धाञ्जली दिएको थियो । शहीद ओमप्रकाश पर्यावरण संरक्षण प्रतिष्ठाको आयोजना एवं औरहीबाबा सामुदायिक वन उपभोक्ता समूहको व्यवस्थापनमा उक्त श्रद्धाञ्जलीसभा तथा वृक्षारोपण कार्यक्रम गरिएका छन् ।
 सो अवसरमा औरहीथानको खाली जग्गामा विभिन्न जातका एक हजार विरुवा रोपिएका छन् ।


मिथिला नगरपालिका वडा नम्बर ५ श्रीपुरस्थित अवैध उत्खननको विरोध गर्न पुगेका स्थानीय ओमप्रकाश महतो ९दिलीप० को गत पुस २५ गते बिहान घाइते बनाइ टिपरले किचेर हत्या भएका थिए ।

यसैबीच, सहिद ओमप्रकाश पर्यावरण प्रतिष्ठान स्थापना गरिएको हो । स्थानीय सङ्‌गम महतोको संयोजकत्वमा ५ सदस्य तदर्थ समिति गठन गरिएका छन् ।

दिलीपको हत्या गरिएको १३औं दिनको पुण्यतिथिको अवसरमा  मंगलबार मिथिला नगरपालिका वडा  नम्बर ५ विश्रामपुरस्थित औरहीथानमा वृक्षारोपण कार्यक्रम गरेका छन ।
 
 वृक्षारोपण कार्यक्रम अघि मृत्तक दिलीपको श्रीपुरस्थित घरमा  पुण्यतिथिको अवसरमा पूजापाठ तथा प्रसाद वितरण कार्यक्रम समेत गरेका हुन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ