arrow

तीन दिनलाई मौसम सफा, पानी नपर्ने

logo
प्रकाशित २०७६ माघ ८ बुधबार
weather.jpg

काठमाडौं । बुधबार बिहानदेखि शुक्रबारसम्म नेपालमा कुनै पनि उल्लेखनीय मौसमप्रणाली नभएकाले मौसममा कुनै परिवर्तन नआउने भएको छ । 

हाल उपत्यकासहित तराई र केही पहाडी क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ । यो प्रक्रिया रहिरहने छ । तर वर्षाको सम्भावाना देशैभर छैन ।
 
मौसमविद् गंगा नगरकोटीका अनुसार पश्चिमी न्यून चापीय प्रणाली मंगलबार राति नै सकिएको छ भने अबको ७२ घण्टा कुनै प्रणालीले असर गर्ने छैन । 

काठमाडौंको न्यूनतम तापक्रम बुधबार बिहान १.६ डिग्री सेल्सियस रह्यो । बुधबार बिहान पौने ७ बजे २ डिग्री रहेको थियो । 

काठमाडौंमा तुसारो परेको छ । जसले घाम लाग्दा पनि चिसो बढेको छ । 

न्यूनतम तापक्रम मुलुकभर नै घट्न सक्ने र अधिकतम तापक्रम बढ्ने सम्भावना नरहेको नगरकोटीले बताइन् । 

तराईका अधिकांश भूभागमा  हुस्सु र कुहिरो रहने र ती स्थानमा घाम राम्रोसँग नलाग्ने भएकोले चिसोबाट बच्ने उपाय अपनाउनु हुन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ