arrow

आठ भारतीय मृत्यु प्रकरण : छानबिन समिति गठन

logo
प्रकाशित २०७६ माघ ८ बुधबार
daman.jpg

काठमाडौं ।  दामनस्थित एभरेष्ट पानोर रिसोर्टमा मृत्य भएका आठ भारतीय पर्यटकको सत्यतथ्य पत्ता लगाउन पर्यटन विभागले छानबिन समिति गठन गरेको छ । बुधबार विभागले घटनाबारे स्थलगत अध्ययन गरी १५ दिनभित्र राय सुझावसहित प्रतिवेदन पेश गर्न पाँच सदस्यीय छानबिन टोली गठन गरेको छ ।

मंगलबार मकवानपुर जिल्लाको थाहा नगरपालिका–४ दामनस्थित पानोर रिसोर्टमा आठ भारतीय पर्यटकको मृत्यु भएको थियो ।

 विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ 'घटनाबारे स्थलगत अध्ययन गरी १५ दिनभित्र राय सुझावसहित प्रतिवेदन पेश गर्न पाँच सदस्यीय छानबिन टोली समिति गठन गरिएको छ ।,'

पोखराबाट सोमबार साँझ उनीहरु सो  रिसोर्टमा बास बस्न आएका पालुङ इलाका प्रहरी कार्यालयले जनाएको छ । १५ जनाको समूहमा गएका उनीहरूले दुई कोठा रिजर्भ गरेका थिए। एक कोठामा आठ र अर्कोमा सात जना सुतेका थिए ।

घटनामा दुई पुरूष, चार बालबालिका र दुई जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३८ वर्षीय रन्जित कुमार, ३४ की ईन्द्र कुमार, ३७ का प्रविणकृष्ण नायर, ३२ की सरिया नायर, ५ वर्षका अभी, ७ की अर्चना,५ वर्षका बैशनव र ९ की बन्द्रा छन्।

  उनीहरू भारतको केरलाका रहेका प्रहरीले जनाएको छ। उनीहरू कोठामा ग्यास हिटर बालेर सुतेका थिए। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले सो रिसोर्टका कोठामा गएराती बसेका पर्यटकले हिटर बालेर सुतेका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ