arrow

'निराशा भाग्छ' भन्दै करणी गर्ने पास्टर पक्राउ

logo
प्रकाशित २०७६ माघ ८ बुधबार

काठमाडौं ।  २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पास्टर बनेर बसेका ध्रुव बाबु जोशी पक्राउ परे । गोरखा नगरपालिका-६ घर भएका ध्रुव बाबु जोशीलाई २८ पुस सोमबार साँझ प्रहरीले कुसुन्तीस्थित चर्चबाटै पक्राउ गर्‍यो ।

पुस २७ गते महिलाले आफूमाथि पटकपटक पास्टर जोशीले जवरजस्ती करणी गरेको आरोपमा जाहेरी दिएपछि जोशी पक्राउ परे।  ती महिलालाई विगत ३ महिना देखि ललाईफकाई जबरजस्ती करणी गरे जाहेरीपछि महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले जोशीलाई पक्राउ गरेको थियो ।

ललितपुर, नख्खिपोट निवासी परिवर्तित नाम रमा(२१) ले  पुस २७ गते विहान ११ बजे आफूमाथि ललितपुरको कुसुन्तीस्थित आशा मण्डली नामक चर्चका पास्टर ध्रुवबाबु भनिने विश्वास जोशीले जबरजस्ती करणी गरेको व्यहोराको प्रहरीमा निवेदन दिइन् ।

आफू ११ वर्षदेखि क्रिस्चियन धर्मप्रति आस्थावान रही धार्मिक विधिअनुसार प्रार्थनामा सहभागी हुने गरेको पीडित महिलाले आफ्नो निवेदनमा खुलाएकी छन् । त्यसक्रममा नख्खिपोटमा बसोबास गर्ने आमाहरुसँग उक्त आशा विश्वास मण्डलीका पास्टरसँग भेट भएको र उसले गोप्य मिटिङ छ भनी ललितपुरको महालक्ष्मीस्थानबाट सातदोबाटो जाने बाटोमा रहेको सिटी गेष्ट हाउस लगेका थिए ।

कोठाभित्र लगेपछि ‘तिमीहरुसँग सुत्न मलाई परमेश्वरले पठाएको’ भन्दै जबरजस्ती बलात्कार गरका थिए । उनले आफ्नो काम सिध्याएपछि ‘नडराउ, मैले यो गरेपछि तिम्रो शरिरमा भएको नकारात्मक निराशाको आत्मा भाग्छ, सुसाइड गर्ने जुन मनमा आउने सबै डर चिन्ता हट्छ’ भनी सम्झाए। पछि पनि पटकपटक पसलमा आएर रमालाई जबरजस्ती करणी गर्ने गरेको श्रमिक महिला रक्षा संघकी अध्यक्ष सविना लिम्बूले बताइन् ।

परिवारलाई थाहा नदिइ  गोरखाबाट हिडेका जोशीले श्रीमतीकै नाममा ललितपुर महानगरपालिमा आशा विश्वासी मण्डली चर्च चलाएर आफू पास्टर बनेर बसेको खुलेको छ । उनीमाथि  यस अघि यौन दुराचारको आरोप लागि सकेको छ ।  महानगरीय प्रहरी परिसरमा  दिएको जाहेरीपत्रमा आशाविश्वासी मण्डली चर्चका पास्टर जोशीले तीन महिनादेखि पटकपटक जवरजस्ती करणी गरेको उल्लेख छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ