arrow

सापकोटाले गरे आत्मसमर्पण

logo
प्रकाशित २०७६ माघ ८ बुधबार
prakanda-biplab.jpg

बागलुङ । नेत्रविक्रम चन्द समूहका साधारण सदस्य डिल्लीप्रसाद सापकोटाले जिल्ला प्रशासन कार्यालय बागलुङमा आत्मसमर्पण गरेका छन् ।

बागलुङ नगरपालिका–४ का ४५ वर्षीय सापकोटाले बुधबार चन्द समूह परित्याग गरी स्वतन्त्र नागरिकको हैसियतमा रहने प्रतिबद्धता जनाएका हुन्।

निमित्त प्रमुख जिल्ला अधिकारी धीरेन्द्रराज पन्त, प्रहरी उपरीक्षक नवराज भट्ट, राजनीतिक दलका प्रतिनिधिलगायतको रोहबरमा सापकोटाले आत्मसमर्पण गरेका हुन्  ।

 सापकोटाद्वारा जारी विज्ञप्तिमा नेपालको संविधान, कानूनविपरीत हुने कुनै पनि गतिविधि नगर्ने प्रतिबद्धता गर्दै पार्टी परित्याग गरेको घोषणा गर्दछु भन्ने उल्लेख छ । राज्यविरुद्ध कसुर गरेको आरोपमा उनलाई गएको पुस १७ गते प्रहरीले घरबाटै पक्राउ गरेको थियो ।

आत्मसमर्पणसँगै सापकोटा रु १० हजार धरौटीमा रिहा भएको निमित्त प्रजिअ पन्तले जानकारी दिए । “प्रतिबद्धताविपरीतका गतिविधि र व्यवहार नगरेको पाइएमा उहाँले पछि सफाइ पाउनुहुन्छ”, निमित्त प्रजिअ पन्तले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ