arrow

भारतीय सहयोगमा विद्यालय भवन

logo
रासस,
प्रकाशित २०७६ माघ ८ बुधबार
aurobindo-ashram.jpg

काठमाडौं। थानकोटस्थित अरविन्द आश्रम विद्यालयको नवनिर्मित विद्यालय भवनको काठमाडौँस्थित भारतीय राजदूतावासका कार्यवाहक राजदूत डा अजय कुमारले आज उद्घाटन गरेका छन्।

भारत सरकारको नेरु २.८२५ करोड अनुदान सहयोगमा निर्मित तीनतले नयाँ संरचनामा ११ कक्षाकोठा, तीन प्रयोगशाला, चार भण्डार तथा दुई कर्मचारी कक्ष छन्। साथै लेखा, प्रशासन, पुस्तकालय, प्रधानाध्यापक, व्यक्तिगत सहायक, परीक्षा, बहुद्देश्यीय हल र फर्निचरका लागि एक-एक कोठाको व्यवस्था छ।

सो विद्यालय सन् १९९३ मा श्री अरविन्द योग मन्दिरले स्थापना गरेको हो। यस विद्यालयले करिव २६० विद्यार्थीलाई माध्यमिक तहको शिक्षा प्रदान गरिरहेको छ। यहाँ ५३ प्रतिशत भन्दाबढी छात्रा छन्। अधिकांश विद्यार्थी गरिब, विपन्न र अनाथ छन् जसका लागि विद्यालयले निःशुल्क शिक्षा तथा छात्रावासको व्यवस्था गरेको छ। शहरी विकास तथा भवन निर्माण विभागले उक्त परियोजनाको कार्यान्वयन गरेको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ