arrow

राष्ट्रियसभा निर्वाचनमा मतदान हुँदै, नतिजा बिहीबारै 

logo
प्रकाशित २०७६ माघ ९ बिहिबार

काठमाडौं । राष्ट्रिय सभाको निर्वाचन अन्तर्गत बिहीबार मतदान हुँदैछ । निर्वाचन आयोगले मतगणना पनि बिहीबारै भएर परिणाम पनि बिहीबारै आउने जनाएको छ । आयोगले बुधबार पत्रकार सम्मेलनको आयोजना गरि आयोगले निर्वाचनको तयारी पुरा भएको जनाएको थियो ।

निर्वाचनमा आवश्यक रहेको मतपत्र निर्वाचन अधिकृतको कार्यालयमा पुगेको आयोगले जनाएको थियो । निर्वाचन हुने स्थानमा उच्च अदालत रहेका जिल्लाको सदरमुकामलाई तोकिएको छ । राष्ट्रिय सभाको निर्वाचनको लागि कास्की, मोरङ, धनुषा, ललितपुर, दाङ, सुर्खेत र डोटीमा निर्वाचन कार्यालय स्थापना भएका छन् । 

प्रदेश नं १ को विराटनगर महानगरपालिका विरेन्द्र सभा गृहमा मतदानस्थल तोकिएको छ । सो केन्द्रमा प्रदेश सभा सदस्यतर्फ ९३ र स्थानीय तह सदस्यतर्फ २८४ गरि ३६७ मतदाता रहेका छन् । प्रदेश नं २ को जनकपुर उपमहानगरपालिकाको महेन्द्रनारायण निधी स्मृति भवनमा मतदानस्थल तोकिएको छ । यस केन्द्रमा प्रदेशसभा सदस्य तर्फ १०७ र स्थानीय तहतर्फ २७२ गरि कूल ३७८ मतदाता रहेका छन् ।

बागमती प्रदेशको ललितपुर महानगरपालिका वडा नं ४ वडा समितिको भवनमा मतदानस्थल तोकिएको छ । यो प्रदेशका प्रदेश सभाका ११० र स्थानीय तह सदस्य २३८ गरि कूल ३४८ मतदाता रहेका छन् ।

गण्डकी प्रदेशको जिल्ला निर्वाचन कार्यालय कास्कीको परिसरमा तोकिएको छ । गण्डकी प्रदेशमा प्रदेश सभाको ६० जना, स्थानीय तहका १७० जना गरि कूल २३० मतदाता रहेका छन् । प्रदेश नं ५ को घोराही उपमहानगरपालिकाको कर्मचारी मिलन केन्द्रमा मतदानस्थल तोकिएको छ । प्रदे सभाका ८७ र स्थानीय तहका २१८ गरि कूल ३०५ जना मतदाता रहेका छन् ।

त्यस्तै कर्णाली प्रदेशको जिल्ला निर्वाचन कार्यालय सुर्खेतको परिसर भवनमा मतदानस्थल तोकिएको छ । प्रदेश सभाका ४० र स्थानीय तहका १५८ गरि १९८ मतदाता रहेका छन् । सुदुरपश्चिम प्रदेशको सिलगढी नगरपालिकाको पदम पब्लिक मुक्तिनारायण उमाविमा मतदानस्थल छ । प्रदेश सभाका ५३ र स्थानीय तहका १७६ गरि कूल २९९ मतदाता रहेको पत्रकार सम्मेलन गरि आयोगले जानकारी दिएको छ ।

राष्ट्रिय सभा निर्वाचनको लागि सातओटा प्रदेशमा प्रदेश सभाका ५५० र स्थानीय तहका १५०६ जनाले मतदान गर्नेछन् । प्रदेश सभाको सदस्यहरुको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार १८ रहेको निर्वाचन आयोगले जनाएको छ । 

सात प्रदेशवाट १८ जना राष्ट्रिय सभामा निर्वाचित हुनेछन् । राष्ट्रिय सभाको निर्वाचनमा ११ओटा दलहरुले आयोगमा दल दर्ता गराएका छन् । ४५ जना उम्मेदबार चुनावी प्रतिस्पर्धामा रहेको प्रमु्ख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ