arrow

हिमपात नहुने, तीन दिन आकाश सफा

logo
प्रकाशित २०७६ माघ ९ बिहिबार
weather-ktm-kathmandu-metro-sky.jpg

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा कुनै पनि उल्लेखनीय मौसम प्रणाली नभएको भन्दै मौसम सफा रहने जनाएको छ । 

मौसमविद् मञ्जु बासीका अनुसार काठमाडौं उपत्यकामा हल्काफुल्का हुस्सु लागेको छ । तराई भेगमा पनि हुस्सु र कुहिरो छ । 

पहाडी भेगमा बिहानमै र तराईमा दिउँसो मात्र हुस्सु र कुहिरो हटेर जानेछ । चिसो रहिरहने छ । 

उपत्यकाको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस रहेको छ । ६ः४५ बजे पनि तापक्रम २ डिग्री नै रहेको थियो । उपत्यकामा तुसारो पनि परिरहेको छ । यसले नै चिसो बढाएको छ ।

वर्षा भने ७२ घण्टासम्म हुनेछैन । बुधबार जुम्लामा मात्र वर्षा भएको थियो । त्यहाँ ०.२ मिलिमिटर वर्षा भएको थियो । 

हिमाली तथा उच्च पहाडी भेगमा पनि अत्यन्त चिसो छ । हिमपात भने हुने सम्भावना नभएको मौसमविद् बासीले जनाइन् । 

शुक्रबार र शनिबार भने आंशिक बदली हुनेछ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ