arrow

आयोजक कुट्ने विशेष अतिथि 'मनाङे' पक्राउ

logo
प्रकाशित २०७६ माघ ९ बिहिबार
Rajiv.jpeg

पोखरा। दिपक मनाङे भनेर चिनिएका नेकपाबाट गण्डकी प्रदेश सांसद राजीव गुरुङलाई प्रहरीले पक्राउ गरेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) कास्की अध्यक्ष मिलन गुरुङलाई दुर्व्यवहार गरेको अभियोगमा जिल्ला प्रशासन कार्यालय कास्कीले पक्राउ पूर्जी जारी गरे लगत्तै पक्राउ गरिहेको हो। पक्राउ गरेको जानकारी पाएको गण्डकी प्रदेशका प्रमखु डिआजी बिनोद शर्मा घिमिरेले समेत पूष्टी गरेका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङलाई झापड हानेको विषयलाई लिएर मनाङेबिरुद्ध  बुधबार गुरुङले उजुरी दिएका थिए  ।

गुरुङले  मनाङेबिरुद्ध  कुटपिट गरेको भन्दै मनाङेविरुद्ध कास्की प्रहरीमा उजुरी दर्ता गरे । अदालतले प्रहरीलाई मनाङेविरुद्ध पक्राउ पूर्जी जारीका लागि अनुमति दिएसँगै पक्राउ परे । गुण्डा नाइके हुदै सांसद बनेका मनाङे यस अघि पनि पक्राउ परेका थिए ।

पोखरामा मंगलबारदेखि सुरु भएको ‘मुख्यमन्त्री कप’ फुटबलमा विशेष अतिथिको रुपमा बोलाइएका मनाङेले एन्फा कास्कीका अध्यक्ष गुरुङलाई  झापड हानेका थिए।

बुधबार पत्रकार पत्रकार सम्मेलनमा मनाङेले  गुरुङलाई झापड हानेर ठिक गरेको बताएका थिए  ।

सांसद गुरुङले प्रतियोगितामा सहभागी मनाङको फुटबल टिमलाई आयोजकले खाने, बस्ने, खेल मैदानको व्यवस्था नगरेको भन्दै मुक्का हानेका थिए। अध्यक्ष गुरुङका अनुसार मनाङबाट ल्याएको टिमलाई ५ दिन अघिदेखिको होटल खर्च दिनुपर्ने भन्दै सांसद मनाङेले झापड हानेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ