arrow

ओली र प्रचण्डलाई बाबुरामले सुनाए बुढो बाघको कथा

ओलीसहित प्रचण्डलाई बाबुरामको झटारो- 'खड्गप्रसादको पिंजडामा फसेर छट्पटाइरहेका पुष्पकमल'

logo
प्रकाशित २०७६ माघ ९ बिहिबार
baburam-prachanda-kp.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले जवाफ फर्काएका छन् । भट्टराईले बिहिबार ट्विटमा एक कथाको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री केपी ओलीसहित प्रचण्डमाथि कटाक्ष गरेका छन् ।

भट्टराईले 'पंचतन्त्रको ‘कंकड़ लुब्ध पान्थ कथा’ मा शिकार गर्न नसक्ने बुढो बाघले हातमा सुनको बाला लिएर वटुवाको शिकार गरेझैं आफैं खड्गप्रसादको पिंजडामा फसेर छट्पटाइरहेका पुष्पकमलले हामीलाई पनि पिंजडामा आउन आग्रह गरेछन्!आफैं त महादेव उत्तानो टाँग;कस्लाई दिने वर......?' लेखेका छन् ।

बुधबार समाजवादी पार्टीका सहायक प्रवक्ता रामप्रसाद रिजालसहित दर्जनौं नेता तथा कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरे । रिजालसहितका नेता तथा कार्यकर्तालाई पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वागत गरे ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘ हामीले लामो संघर्ष र बलिदानपछि संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनायौं ।'   समाजवादी पार्टीमा अशोक राई तथा बाबुराम भट्टराई निरीह भएर बस्नुपरेको तर्फ इन्गित गर्दै प्रचण्डले भने - साथीहरु र उपेन्द्रजी पनि अरु धेरै झमेला गर्नुभन्दा यहीँ मिल्न आए बरु राम्रो हुन्छ ।’

यसपछि आक्रोशित बनेका भट्‍टराईले खड्गप्रसादको पिंजडामा फसेर छट्पटाइरहेका पुष्पकमलले हामीलाई पनि पिंजडामा आउन आग्रह गरेछन् भन्ने अभिव्यक्ति दिएका हुन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ