arrow

नारायणकाजी बने राष्ट्रियसभा सदस्य

logo
प्रकाशित २०७६ माघ ९ बिहिबार
narayankaji-shrestha.jpg

कास्की ।  गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि निर्वाचनमा नेकपा उम्मेदवार नारायणकाजी श्रेष्ठ विजयी भएका छन् ।

साथै महिला तर्फ नेकपाकै भगवती न्यौपाने विजयी भएकी छन् । राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत दुवै नेकपा उम्मेदवार विजयी भएका हुन् ।

 बिहीबार भएको मतदानमा श्रेष्ठले ३ हजार ४६२ मतसहित विजयी भए भने महिला तर्फ  भगवती न्यौपानेले ३ हजार ३ सय ६६ मत ल्याएर विजयी भइन् ।

श्रेष्ठका प्रतिस्पर्धी कांग्रेसका सूर्यप्रसाद रेग्मीले २ हजार २ सय ४४ मत पाएका छन् । श्रेष्ठले १ हजार २ सय १८ मतान्तरले जितेका हुन् ।

न्यौपानेले १ हजार २० मतअन्तरले कांग्रेसकी विमला गौचनलाई हराइन् । गौचनले २ हजार ३ सय ४० मत पाएकी छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ