arrow

टिपरको ठक्करबाट महिलाको मृत्यु, प्रहरीद्वारा अश्रुग्यास प्रहार

logo
प्रकाशित २०७६ माघ ९ बिहिबार
tiper1.jpg

कञ्चनपुर । टिपरको ठक्करबाट कञ्चनपुरको भीमदत्तनगर बजारमा बुधबार एक महिलाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत भाषीतर्फबाट ग्राभेल लिएर भीमदत्तनगरतर्फ आइरहेको से१क ८८७ नं को टिपरको ठक्करले पैदलयात्रु महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए।

महिलाको मृत्यु भए पनि सनाखत हुन सकेको छैन । स्थानीयवासीका अनुसार टिपर चालकको लापरवाहीका कारण मृत्यु भएको भन्दै राजमार्ग अवरुद्ध पारेका छन् ।

प्रहरीले घटनास्थलमा केही राउण्ड अश्रुग्याससमेत प्रहार गरेको छ । टिपर प्रहरी सुरक्षा घेरामा राखिएको छ भने शव महाकाली अस्पताल पुर्‍याइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ