arrow

राष्ट्रियसभाका १८ मध्ये १६ नेकपालाई, दुई राजपाको भागमा, कांग्रेस ‘शून्य’

कसले कहाँबाट जिते ? 

logo
प्रकाशित २०७६ माघ ९ बिहिबार
rastriyasabha-election.jpg

काठमाडौं । राष्ट्रियसभामा रिक्त हुँदै गरेका १९ पदमध्ये १८ सदस्यका लागि बिहीबार सम्पन्न निर्वाचनमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बाजी मारेको छ । 

नेकपाले आफ्नो रणनीतिअनुसार सबै सिटमा सफलता हासिल गरेको छ । १६ सिटमा उठेको नेकपाले सबै सिट जितेको छ । नेकपाले साथ दिएको रााष्ट्रिय जनता पार्टी राजपा नेपालले दुई सिट जितेको छ 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भने ‘शून्य’ मा झरेको छ । नेकपाले ६ वटा प्रदेशमा क्लिन स्विप गरेको छ भने राजपाले प्रदेश २ मा २ सिट जितेको छ । 

१८ जनामध्ये राष्ट्रियसभामा ७ कांग्रेसका सांसदको समय सकिँदै गर्दा उनीहरुको स्थानमा कांग्रेसले १ सिट पनि जितेन । त्यसैगरी प्रदेश २ मा कांग्रेसको समर्थन पाएको समाजवादी पार्टी नेपाललाई सत्ता छाडेपछि प्रतिपक्षीमा बस्नुपरेको पीडा एकैपटक देखिएको छ । उसले पनि अवसर गुमाएको छ । 

१९ जना सांसदको पदावधि सकिँदै गर्दा एक जना भने राष्ट्रपतिले मनोनित गरेका हुन् । १८ जनाको मात्र मतदान भएको हो । 

कसले कहाँबाट जिते ? 

प्रदेश १ बाटः ३ वटै सिट नेकपालाई । इन्दिरा गौतम, गोपी अछामी र देवेन्द्र दाहाल । 

प्रदेश २ बाटः ४ मध्ये २ सिट नेकपालाई । तुलसा दाहाल र राधेश्याम पासवान । राजपालाई २ सिट – शेखर सिंह र मृगेन्द्र सिंह यादव ।

बाग्मती प्रदेशबाटः २ वटै सिट नेकपालाई । वेदुराम भुसाल र गंगा बेलबासे । 

गण्डकी प्रदेशबाटः २ वटै सिट नेकपालाई । नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने । 

प्रदेश ५ बाटः ३ वटै सिट नेकपालाई । बिमला घिमिरे, जगप्रसाद शर्मा र गोपाल भट्टराई । 

कर्णाली प्रदेशबाटः २ वटै सिट नेकपालाई । मायाप्रसाद शर्मा र सुमित्रा बिसी ।

सुदूरपश्चिम प्रदेशबाटः २ वटै सिट नेकपालाई । शारदा भट्ट र तारामान स्वार । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ