arrow

आइतबारसम्मै पानी पर्दैन नेपालमा

logo
प्रकाशित २०७६ माघ १० शुक्रबार
weather2.jpg

काठमाडौं । शुक्रबार देशैभरको मौसम सामान्य रहेको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार मध्य तथा पूर्वी भेगमा हुस्सु लागेको छ । 

उपत्यकामा सामान्य बदली रहेको छ । तराईमा हुस्सु र कुहिरो रहेको छ । तराईको कुहिरो भने लामै समयसम्म रहने उनको भनाइ छ ।

बिहीबारको तुलनामा मध्य र पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली बढी हुने अर्यालले बताए । 

मध्यान्हपछि कम हुँदै जाने उनले बताए । वर्षा भने नहुने उनले बताए । तीन दिनसम्म नै वर्षा हुने सम्भावना नरहेको मौसमविद् अर्यालले बताए । 

७२ घण्टामा मध्य र भूभागमा आंशिक बदली देखिन्छ भने पानी पर्ने सम्भावना छैन ।  

पश्चिमी, पूर्वी र मध्य भेगमा हल्का बादल र हिमाली भेगमा हल्का हिमपात पर्ने सम्भावना भने रहेको छ । 

उपत्यकामा शुक्रबार बिहान तापक्रम कम रहेको छ भने भिजिबिलटी केही बढेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ