arrow

मनाङेपछि झापड खाने गुरुङ किन परे पक्राउ ?

logo
प्रकाशित २०७६ माघ १० शुक्रबार
manage-gurung.jpg

काठमाडौं । विशेष अतिथिबाट झापड खाएका अखिल नेपाल फुटबल संघ (एन्फा) कास्की अध्यक्ष मिलन गुरुङ पक्राउ परेका छन् । दिपक मनाङे भनेर चिनिएका नेकपाबाट गण्डकी प्रदेश सांसद राजीव गुरुङ पक्राउ परेको भोलिपल्ट गुरुङ पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यलय कास्कीले गुरुङलाई पक्राउ गरेको हो । र्बैंकिङ कसुरको अभियोगमा गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। मनाङेविरुद्ध उजुरी दिने गुरुङलाई पोखराको गैह्रापाटनबाट पक्राउ परेका हुन् ।

गुरुङमाथि दुर्व्यवहार गरेको अभियोगमा लागेका मनाङे हिरासतमै रहेका छन् ।

पोखरामा मंगलबारदेखि सुरु भएको ‘मुख्यमन्त्री कप’ फुटबलमा विशेष अतिथिको रुपमा बोलाइएका मनाङेले एन्फा कास्कीका अध्यक्ष गुरुङलाई  झापड हानेका थिए। गुरुङले  मनाङेबिरुद्ध  कुटपिट गरेको भन्दै मनाङेविरुद्ध कास्की प्रहरीमा उजुरी दर्ता गरेका थिए । गुण्डा नाइके हुदै सांसद बनेका मनाङे यस अघि पनि पक्राउ परेका थिए ।

र्बैंकिङ कसुरको अभियोग लागेका गुरुङले अघिल्लो वर्षको गत माघमा आयोजना भएको मनकामना कपको पुरस्कार समेत नदिएकोमा आलोचना भएको थियो । खेल सकिएको लामोसमयपछि मात्र विजेता र उपविजेताले पत्रकार सम्मेलन गरेपछि पुरस्कारको रकम दिएको बताइन्छ।  

बैंकिङ कसुर गरेको अभियोगमा दिउँसो गुरुङलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक केसीले जानकारी दिए ।

अध्यक्ष गुरुङले गत वर्ष पोखरामा सम्पन्न मनकामना केबलकार पोखरा कप फुटबल प्रतियोगिताको समयमा विभिन्न व्यक्ति तथा संस्थालाई तिर्नुपर्ने रकम नतिरेको तथा रकम नभएको चेक जारी गरेको आरोप लागेको छ ।

सांसद मनाङेले प्रतियोगितामा सहभागी मनाङको फुटबल टिमलाई आयोजकले खाने, बस्ने, खेल मैदानको व्यवस्था नगरेको भन्दै मुक्का हानेका थिए। अध्यक्ष गुरुङका अनुसार मनाङबाट ल्याएको टिमलाई ५ दिन अघिदेखिको होटल खर्च दिनुपर्ने भन्दै सांसद मनाङेले झापड हानेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ