arrow

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार

logo
प्रकाशित २०७६ माघ १० शुक्रबार
congress-meeting-central.jpg

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक माघ १३ गते सोमबार बस्ने भएको छ । कार्यसमितिको बैठक  दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए  ।

बैठकमा पार्टीको आगामी महाधिवेशन तालिका, पार्टीका केन्द्रीय विभाग, भ्रातृ संस्थालगायत विषयमा छलफल गर्नेछ ।

शुक्रबार सभापति शेरबहादुर देउवा निवास बूढानीकण्ठमा छलफल भएको थियो । शुक्रबारको बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, उपसभापति निधि, महामन्त्री डा शशाङ्क कोइराला, नेताहरु प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालगायत उपस्थित थिए ।

बुढानिलकण्ठमा नेताहरु बीच भएको सहमति पछि केन्द्रीय समितिको वैठक बस्न लागेको हो। संस्थापन इतरका नेताहरु सभापति देउवासँग असन्तुष्टी जनाउँदै वैठकमा सहभागि थिएनन्। उनीहरुले सभापतिको कार्यशैली र विधान मिच्ने कार्यको विरोध जनाउँदै आएका थिए। विभाग विस्तारमा असन्तुष्ट संस्थापन इतर समुहले विधानका कतिपय प्रावधान स्सपेण्ड गर्ने कार्यकको विरोध गरेका थिए भने महाधिवेशनको कार्यतालिका पनि एकलौटी रुपमा ल्याएकोमा विरोध जनाएका थिए। भातृ संस्थाको बिषयमा पनि विरोध गरेका संस्थापन इतरलाई समेट्ने लगायतका विषयमा सहमति भएपछि केन्द्रीय समितिको वैठक सोमबार बस्ने भएको हो।

शुक्रवार भएको सहमतिलाई लिखित रुपमा वैठकमा ल्याउने जिम्मा नेताहरुले दुई महामन्त्री डा शशांक कोइराला र पूर्ण बहादुर खड्कालाई दिएका छन्। सोमबारको बैठकमा उपस्थितिका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको पौडेलले जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ