arrow

राजीव ढुंगानाको नेतृत्वमा नेविसंघमा १२७ जनाको केन्द्रीय समिति बन्ने, भागवण्डामा कसलाई कति ?

logo
प्रकाशित २०७६ माघ १० शुक्रबार
rajib-dhungana.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेताहरुबिच नेपाल विद्यार्थी संघ (नेविसंघ) लाई पूर्णता दिने सहमति भएको छ ।शुक्रबार भएको सहमति अनुसार नेविसंघ केन्द्रीय समिति १२७ जनाको हुनेछ ।  

समितिमा अध्यक्षसहित दुई उपाध्यक्ष, तीन महामन्त्री, दुई सहमहामन्त्री र कोषाध्यक्षसहित ४९ जना कांग्रेस सभापति शेरबहादुर देउवा निकट रहनेछन् ।

त्यसैगरी दुई उपाध्यक्ष, दुई महामन्त्री  र दुई सहमहामन्त्री बरिष्ठ नेता रामचन्द्र पौडेल निकट रहनेछन् ।

सहमति अनुसार दुई उपाध्यक्ष, दुई महामन्त्री र दुई सहमहामन्त्री अर्का नेता कृष्ण प्रसाद सिटौला निकट रहने सहमति भएको छ ।

त्यस्तै एक महामन्त्री कांग्रेस उपसभापति विजयकुमार गच्छदार निकटलाई दिइने भएको छ ।  

नेविसंघको यो भागवण्डा विगतको महाधिवेशनबाट बनेको समिति तथा पार्टी एकिकरणलाई समेतलाई आधार बनाएर गरिएको बताइएको छ ।

कांग्रेस निकट स्रोतका अनुसार नेविसंघको अध्यक्षमा विद्यार्थी नेता राजीव ढुंगानाको नाममा सहमति भएको छ ।  त्यसैगरि अन्य नामहरुको टुंगो भने आफ-आफ्नो समुहमा छलफल गरि सोमबार बस्ने कांग्रेस केन्दीय कार्यसमितिको बैठकबाट अनुमोदन गर्ने तयारी छ ।

नेविसंघको नेतृत्व ३२ बर्ष मुनिको हुने भनिएता पनि महाधिवेशन गराउनका लागि बनाइएको नेविसंघ समिति भएको कारण ३२ बर्षको हद लगाइएको  छैन ।

नेविसंघको विधानमा ३२ को उमेर हद रहेको छ ।  निर्वाचन गराउन गठन गरिएको समिति भएको कारण हद लागु नगराइएको बताइएको छ  । यो समितिमा बस्ने पदाधिकारी तथा सदस्‍यले आउदो नेवसंघको महाधिवेशनामा भाग लिन नपाउनेमा नेताहरुबिच सहमति भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ