arrow

माग सम्वोधन गर्न टेलिकम वर्कर्स युनियनको ध्यानाकर्षण पत्र 

logo
प्रकाशित २०७६ माघ १० शुक्रबार
ntcwu.jpg

काठमाडौं । नेपाल टेलिकम वर्कर्स युनियनले विभिन्न माग राखी ध्यानाकर्षण पत्र बुझाएको छ । टेलिकमका प्रवन्ध निर्देशकलाई बुझाएको ध्यानाकर्षण पत्रमा युनियनले कम्पनी इतिहासकै गम्भीर मोडमा आइसक्दासमेत संचालक समिति, आधिकारिक ट्रेड युनियन, कर्मचारी संचालक प्रतिनिधि आन्तरिक तथा बाह्या चुनौतीहरुलाई नजर अन्दाज गरी केवल आफ्नो दैनिकीमात्र विताइरहेको बताएको छ । यस्ता कार्यले जिम्मेवारीप्राप्त निकायहरुको रवैया र निर्णय क्षमतामा प्रश्नचिन्ह खडा भएको समेत युनियनले जनाएको छ । 

युनियनले कर्मचारीको हकहितमा संचालक समितिले ध्यान नदिएको आरोप लगाउँदै फोरजी, एलटीई, एफटीटीएच जस्ता परियोजनाहरुको लागत नबढ्ने गरी समयमै आयोजना सम्पन्न गर्ने तथा संचालनमा रहेका परियोजनाहरुको टेन्डर र सम्झौता बमोजिमको कभरेज तथा गुणस्तर कायम हुन नसकेकाले यस्ता महत्वपूर्ण चालू परियोजनाहरुको थर्ड पार्टी इभालुएसनको तत्काल थालनी गर्न माग गरिएको छ । 

२०७५ साल आषाढ मसान्तसम्म कम्पनीमा सेवा प्रवेश गरिसकेका कर्मचारीहरुको निवृत्तिभरणको व्यवस्था लागु गर्न, राष्ट्रबैंकको प्राइस इन्डेक्स अनुरुप भत्ता वृद्धि गर्न, निर्धारित समयमै आधिकारिक ट्रेड युनियन तथा संचालक समितिमा कर्मचारी प्रतिनिधिको निर्वाचन गर्न, सरोकारवालाहरुसंग सल्लाह नै नगरी कम्पनी पुनर्सरचना लगायतका नाममा कर्मचारी कटौती लगायतका काम नगर्न पनि गम्भीर ध्यानाकर्षण गराइएको छ । 
युनियनले नेपाल टेलिकमको संचालक समिति, श्रम कार्यालय र नेपाल दूरसंचार राष्ट्रिय कर्मचारी संगठनलाई बोधार्थ पठाउँदै चुनौती दिँदै ध्यानाकर्षणमा लेखेको छ, ‘अन्यथा कम्पनीभित्र भएका तमाम विकृति एवं विसंगतिहरुका विरुद्ध आगामी दिनमा कम्पनी तथा यहाँ कार्यरत तमाम कर्मचारीहरुको हकहित संरक्षण एवं वृत्तिविकासको लागि कडा भन्दा कडा कदम चाल्न वाध्य हुने र सोबाट श्रृजना हुने सम्पूर्ण परिस्थितिको जिम्मेवार व्यवस्थापन स्वयं हुने व्यहोरा समेत अनुरोध गर्दर्छौं ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ