arrow

संयोजक ‘ठग’ भन्ने समाचारले महायज्ञमा उपराष्ट्रपति सहभागी नहुने

logo
प्रकाशित २०७६ माघ ११ शनिबार
vice-presiddent-nanda_bahadur_pun.jpg

चितवन। नारायणगढमा आजदेखि सुरु हुनलागेको कोटिहोम महायज्ञ विवादित भएको भन्दै उपराष्ट्रपति नन्दकिशोर पुन सहभागी हुने कार्यक्रम रद्द गरिएको छ । महायज्ञको उद्घाटनका लागि उपराष्ट्रपति पुन शुक्रबार यहाँ आईपुगेका थिए ।

उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले उपराष्ट्रपति सबैको साझा व्यक्ति भएका कारण निम्तोलाई स्विकार गरी कार्यक्रमका लागि यहाँ आए पनि पछि कार्यक्रम विवादित भएकाले सहभागी नहुने निर्णय गरिएको जानकारी दिए । स्थानीय प्रशासनसँगको छलफलपछि विवादित कार्यक्रममा उपस्थित हुन उपयुक्त नहुने देखिएकाले उपराष्ट्रपति पुन काठमाडौँ फर्कन लागेको मगरले जानकारी दिए ।

आजको एक राष्ट्रिय दैनिकमा कोटिहोमका संयोजक एवम् प्रमुख बाचक बालयोश्वर महाराज बताउने बिजय भण्डारी ठग भएको भन्दै समाचार प्रकाशीत भएको छ । सो पश्चात कार्यक्रमका प्रमुख अतिथिका रुपमा आएका उपराष्ट्रपति पुन कार्यक्रम विवादित भएको भन्दै सहभागी नहुने निर्णय भएको हो । आजदेखि एक महिनासम्म नारायणगढको नारायणी नदी किनारमा महायज्ञ सञ्चालन हुन गइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ