महाधिवेशन गराउन नेतृत्वलाई दबाब दिन आवश्यक : शेखर कोइराला
रासस,
प्रकाशित २०७६ माघ ११ शनिबार
2.8k
Shares
दमौली। नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीभित्रको विवाद समाधान भएकाले तोकिएकै मितिमा महाधिवेशन हुने आशा पलाएको बताएका छन्।
नेपाली काँग्रेस तनहुँद्वारा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी सभापति र वरिष्ठ नेताबीचको सहमतिले निर्धारित मितिमै महाधिवेशन हुने आशा जगाएको छ भने। नेता कोइरालाले भने, “निर्धारित मितिमै महाधिवेशन सम्पन्न गराउनका लागि कार्यकर्ताले नेतृत्वलाई दबाब दिन आवश्यक छ।” पार्टीलाई बलियो बनाउन सबैलाई समेटेर अगाडि बढ्न र मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) मा केही समस्या भए सुधार गरेर लैजानुपर्नेमा उनले आग्रह गरे।