काठमाडौँ। वीरगन्जस्थित आफ्नो पार्टी कार्यालयमा भएको आक्रमणप्रति नेकपा एमालेले निन्दा र भत्र्सना गरेको छ । आन्दोलनका नाममा योजनाबद्ध रूपमा पार्टी कार्यालयमा आक्रमण गरिएको भन्दै एमालेले कार्यालयमा भएको तोडफोड र आगजनीमा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न समेत माग गरेको छ ।
“शान्तिपूर्ण आन्दोलनबाट आफ्ना माग राख्न सकिने प्रशस्त बाटा हुँदाहुँदै आपराधिक ढङ्गबाट गतिविधि सञ्चालन गर्नु गैरराजनीतिक हर्कत हो”–एमालेका केन्द्रीय प्रचार विभाग प्रमुख तथा सचिव योगेश भट्टराईद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।