arrow

ओली–प्रचण्ड र देउवाबीच भयो के ? 

logo
प्रकाशित २०७६ माघ ११ शनिबार
oli-prachanda-deuba.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच मुलुकको समसामयिक राजनीतिक परिस्थितिका सन्दर्भमा छलफल भएको छ ।
 
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको छलफलका क्रममा राज्य सञ्चालन गर्दा सत्तापक्ष र प्रतिपक्षबीच भएको साझा सहमतिका बारेमा छलफल भएको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए । 

सो अवसरमा सभापति देउवाले संसद् सञ्चालनदेखि राजनीतिक नियुक्तिसम्म सबै सहमतिका आधारमा हुनुपर्ने तथा सत्तापक्ष र प्रतिपक्षबीच साझा सहमति कार्यान्वयनमा जोड दिएका थिए । 

सभापति देउवाले प्रतिनिधिसभाको उपसभामुख काँग्रेसले पाउनुपर्ने कुरा राखेको उपनेता नेम्वाङको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ