arrow

भारतको गणतन्त्र दिवसमा कसले के पाए ?

logo
प्रकाशित २०७६ माघ १२ आइतबार
bharat3.jpg

काठमाडौं । नेपाल स्थीत भारतीय राजदूतावासले आइतबार जनवरी २६ मा भारतको ७१औं गणतन्त्र दिवस मनाएको छ । सो अवसरमा कार्यवाहक राजदूत डा. अजय कुमारले राष्ट्रिय झण्डाको झण्डोत्तोलन गर्दै समारोह आरम्भ गरी भारतका राष्ट्रपति राम नाथ कोविन्दको सन्देश पढेर सुनाए ।

उक्त अवसरमा कार्यवाहक राजदूतले १ वीर नारी, ८ एकल महिला र मृतक सैनिकका ५ जना  निकटतम नातेदारलाई ५.९७ करोड नेपाली रुपैयाँ नगद तथा कम्मल वितरण गरी सम्मान गरे ।

राजदूतावासले नेपालका सबै प्रदेशमा रहेका विभिन्न ५१ पुस्तकालय तथा शैक्षिक संस्थाहरुलाई पुस्तक प्रदान गर्‍यो । नेपालको सामाजिक आर्थिक विकासतर्फको यात्रामा नेपालसँग हातेमालो गर्ने भारतको प्रतिबद्वतालाई दोहोर्‍याउदै राजदूतावासले नेपालका विभिन्न अस्पताल तथा गैरनाफामूलक परोपकारी संस्थालाई ३० वटा एम्बुलेन्स तथा शैक्षिक संस्थाहरुलाई ६ वटा बस पनि वितरण गर्‍यो ।

हालसम्म भारत सरकारले नेपालका ७७ जिल्लाका विभिन्न अस्पताल, गैरनाफामूलक परोपकारी संस्था र शैक्षिक संस्थाहरुलाई ७८२ एम्बुलेन्स तथा १५४ बस प्रदान गरी हजारौं नेपाली जनताको स्वास्थ्य सेवा तथा शैक्षिक सेवामा पहुँच विस्तार गरेको छ ।

उक्त समारोहमा दूतावासका अधिकारी तथा उनीहरुको परिवारका साथै नेपालमा रहेका भारतीय समुदायका सदस्यहरु तथा भारतका मित्रहरुको उपस्थिति थियो । केन्द्रीय विद्यालय, मोडर्न इन्डियन स्कुल तथा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र काठमाडौंका विद्यार्थीले देशभक्तिका गीतहरु प्रस्तुत गरे । नेपाली सेनाको ब्यान्डको मधुर प्रस्तुति सँगै समारोह सम्पन्न भयो ।

सोहि दिन कार्यवाहक राजदूतले इंडिया हाउसमा स्वागत समारोहको आयोजना गरे । उपराष्ट्रपति नन्द बहादुर पुन सो समारोहको मुख्य अतिथिका रुपमा पुगेका थिए । उक्त समारोहमा १५०० भन्दा बढी विशिष्ठ व्यक्तित्वहरुको उपस्थिति थियो जसमा नेपालका वरिष्ठ राजनीतिज्ञ तथा गणमान्य व्यक्तित्वहरु सम्मिलित भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ