arrow

पार्टीप्रति निष्ठावानलाई ठाउँ दिन कोइरालाको माग

logo
प्रकाशित २०७६ माघ १२ आइतबार
shekhar6.jpg

लमजुङ। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पछिल्ला दिनमा कांग्रेस पार्टी भित्र निष्ठावान र ईमान्दार व्याक्तिहरुलाई किनारा लगाउदै जान थालिएको र मुल्यांकनको परिपाटी हराउन थालेको बताएका छन।

कोइरालाले निष्ठा र बैचारिक राजनिती कांग्रेसबाट हराउन थालेकाले लोकतन्त्र कमजोर हुदै गएको बताए। आफु पार्टीभित्र बैचारिक उर्जा भर्ने अभियानमा लागेको उल्लेख गर्दै पार्टी यतिवेला ईतिहासकै कठिन मोडमा पुगेको बताए।

नेपाली कांग्रेस नेपाली बेसीशहर नगरसमिती वार्ड नं-१ ले लमजुङ्को उदिपुरमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा बनभोज कार्यक्रमलाई संबोधन गर्दै कांग्रेस नेता कोइरालाले पार्टीभित्र लेनदेन र भागबण्डाको अझ बढेको पनि बताए।

१४औं महाधिवेशन पछी भागबण्डा र गुटको अन्त्य हुने दाबी कोइरालाको थियो। गुटबन्दी, भागबण्डा र लेनदेनको राजनिती अन्त्यका लागी आफुले कुनै कसर बाॅकी नराख्ने कोइरालाले बताए।

कार्यक्रममा लमजुङ कांग्रेसका सभापती भेषबहादुर पौडेल, कास्की कांग्रेसका पूर्व सभापती यज्ञबहादुर थापा, तनहु कांग्रेसका पूर्व सभापती ध्रुव वाग्ले, खोटाङ कांग्रेसका पुर्व सभापती सुभाष पोख्रेलले एकै स्वरमा बर्तमान पार्टी नेतृत्व मुलुकको परिस्थिती र कार्यकर्ताको भावना अनुसार अगाडी बढ्न नसकेको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ