arrow

विमानस्थलबाट गोलीसहित शाही पक्राउ

logo
प्रकाशित २०७६ माघ १२ आइतबार
airgun.png

पोखरा । पोखरा विमानस्थलबाट राइफलमा प्रयोग हुने २९ राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरिएको छ ।

 यति एयरलाइन्सबाट काठमाडौं जान लागेको पोखरा– २७ रिठेपानीका ४० वर्षीय जितु शाहीलाई आइतबार बिहान उक्त गोलीसहित प्रहरीले पक्राउ गरिएको हो ।
    
शाहीले बोकेको झोला एक्स–रे मेसिनले जाँच गर्ने क्रममा २२ विओआर राइफलमा प्रयोग हुने गोली भेटिएको प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए।

उनका अनुसार गोलीसहित निजलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ