arrow

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव

logo
प्रकाशित २०७६ माघ १३ सोमबार
weather2.jpg

काठमाडौं । सोमबार बिहान हुस्सु लागिरहेको छ । उपत्यकामा पनि सामान्य हुस्सु लागेको छ । यो हट्दै जाँदैछ । 

पश्चिमी न्यूनचापीय प्रणालीले पश्चिममा प्रभावमा पार्ने देखिएको छ । पश्चिममा यो प्रणाली सक्रिय भइरहँदा काठमाडौं उपत्यकामा सोमबार घाम लाग्नेछ । 

बिहान न्यूनतम तापक्रम २.८ डिग्री सेल्सियस रहेको थियो । अधिकतम तापक्रम १५–१७ डिग्री सेल्सियस हुनेछ । 

वरिष्ठ मौसमविद् राजु प्रधानांगका अनुसार तराई र उच्च पहाडी भेगमा पनि हुस्सु लागेको छ । मध्यान्हसम्म यो पनि हटेर जाने उनको भनाइ छ । 

सोमबार वर्षा हुने सम्भावना कम छ । देशको पश्चिमी भूभाग लगायत मध्य र पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार नेपालको पश्चिमी भेगमा पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव पर्ने देखिएको छ ।

पश्चिमी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको संभावना रहेको छ ।

साथै तराईका केही भूभागमा  हुस्सु र कुहिरोको कारणले घाम राम्रोसँग नलाग्ने भएकोले चिसोबाट बच्ने उपाय अपनाउन अनुरोध समेत गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ